LISTEN LIVE RADIO

देशमा युवाको स्थायित्व र भविष्य सुनिश्चित हुने वातावरण बनाउन माग



देशमा युवाको स्थायित्व र भविष्य सुनिश्चित हुने वातावरण बनाउन माग

भालुवाङ १४ पुस । राष्ट्रिय युवा नीति-२०८० को मस्यौदा माथि दाङको भालुवाङमा छलफल भएको छ ।

युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय युवा गैरसरकारी संस्था महासङ्घ नेपालद्वारा स्ट्रोम फाउन्डेसन सँग सहकार्य गरि लुम्बिनी प्रदेश स्तरिय अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको हो ।

युवा तथा खेलकुद मन्त्रालयका सहसचिव शिवप्रसाद रेग्मीको अध्यक्षता एवम् लुम्बिनी प्रदेशका समाजिक विकास मन्त्री चन्द्रकेश गुप्ता (सिके) को प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा लुम्बिनी प्रदेश अन्तर्गत युवाका क्षेत्रमा काम गर्ने सरोकारवाला र युवाहरुसँग गरिएको अन्तरक्रियामा देशमा युवाको स्थायित्व र भविष्य सुनिश्चित हुने वातावरण बनाउन अबको नीति केन्द्रित हुनुपर्नेमा वक्ताहरूले जोड दिएका थिए ।
कार्यक्रममा प्रमुख अतिथि गुप्ताले युवाहरूलाई स्वदेशमै रोजगारी गर्ने वातावरणको सिर्जना गर्न आवश्यक रहेको बताएका छन् । त्यस्तै उनले प्रदेश सरकारले युवाहरूलाई लागि केही गर्न खोजे संघीय सरकार बाधक हुने गरेको बताए ।

कार्यक्रममा लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष डा.नहकुल केसी, प्रदेश योजना आयोगका डा. सुदन कुमार वली लगायतले नीतिको मस्यौदा माथी टिप्पणी गरेका थिए । कार्यक्रममा राष्ट्रिय युवा गैसस महासंघका केन्द्रिय अध्यक्ष शशि शर्मा मजगैयाँले अबको नीति अत्यन्तै व्यवहारिक र बैज्ञानिक बनाउन केन्द्रित भएको बताए । मन्त्रालय सँग प्राविधिक सहकार्य गरिरहेको महासंघले सातै प्रदेशमा युवाहरूका आवाज समेट्न केन्द्रित रहेकोे उनको भनाई छ । महिनामा लाखौं युवा बिदेशीएको अहिलेको तथ्यांक अत्यन्तै भयावह भएको भन्दै युवाको उद्यमशीलता र रोजगारीमा स्पष्ट दिशा निर्देश गर्ने खालको नीति बनाउनका लागि आफुहरु लागि परेको उनले बताए । अधिवक्ता समेत रहेका मजगैयाँ विभिन्न नीतिगत वहसहरुमा आफुलाई कृयाशिल बनाउदै आइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे