LISTEN LIVE RADIO

बढ्दो सरकारी गाडीको दुरुपयोग रोक्न बिदाको दिन राप्ती गाउँपालिकाकी उपाध्यक्ष चौधरी साइकलमा



बढ्दो सरकारी गाडीको दुरुपयोग रोक्न बिदाको दिन राप्ती गाउँपालिकाकी उपाध्यक्ष चौधरी साइकलमा

भालुवाङ १० पुस । पुस ९ गते सोमबार ईसाइ धर्मलम्बीहरुको महान् चार्ड किसमस डे पर्व परेको थियो । किसमस डे पर्वको अवसरमा सरकारले देशभर नै सार्वजनिक बिदा दिएको थियो । यता किसमस डे को अवसरमा दाङ—देउखुरीको राप्ती गाउँपालिका—७, अर्नाहनपुर स्थित सिसहनियाँ सु—समाचार मण्डलीले बिशेष कार्यक्रमको आयोजना समेत गरेको थियो ।

कार्यक्रममा जनप्रतिनिधि, पत्रकार र सामाजिक अगुवाहरुलाई समेत निमन्त्रणा गरिएको थियो । सोही कार्यक्रमको निमन्त्रणालाई स्वीकार गर्दै राप्ती गाउँपालिकाकी उपाध्यक्ष कमलापति चौधरी साइकल चढेर कार्यक्रमस्थल पुगिन् । संधैभरि राप्ती गाउँपालिकाको सरकारी गाडी चढेर घर देखि कार्यालय र कार्यालय देखि कार्यक्रमस्थल तथा अनुगमनमा पुग्ने उपाध्यक्ष चौधरी सोमबार भने साइकल नै चढेर कार्यक्रमस्थलमा पुगिन् ।

उपाध्यक्ष चौधरीको घर राप्ती गाउँपालिका—६, भगवानपुरमा पर्दछ । उनी घर देखि कार्यक्रमस्थल अर्नाहनपुर सम्म करिब पाँच किलोमिटरको बाटो साइकल चढेर पुगिन् । कार्यक्रमको बिशिष्ट अतिथीका रुपमा आमन्त्रण गरिएकी उपाध्यक्ष चौधरी साइकल चढेर कार्यक्रमस्थल पुगेको देख्दा आयोजक र कार्यक्रममा उपस्थित अन्य सर्वसाधारण दंङ्ग परे ।

सरकारले सार्वजनिक बिदाका दिन जिल्ला प्रशासन कार्यालयबाट अनुमति वा पास लिएर मात्र सरकारी गाडी प्रयोग गर्न पाइने कानुनी व्यवस्था रहेको छ । कार्यालयको कामकाज लगायत महत्वपूणर् प्रयोजनका लागि मात्र सरकारी गाडी प्रयोग गर्न पाइने कानुनी व्यवस्था गरिएको छ ।
सोही कारण उपाध्यक्ष चौधरीले सार्वजनिक बिदाको दिनको सरकारी गाडी नचढेर साइकल चढ्ने गरेकी छिन् । यदि सरकारी चढ्दै परेमा जिल्ला प्रशासन कार्यालय दाङबाट पास लिएर मात्र चढ्ने गरेको बताइन् ।

यता पछिल्लो समय देशभर जनप्रतिनिधि र कर्मचारीहरुबाट सरकारी गाडीको चरम दुरुपयोग भएको व्यापक समाचार आईरहेकोले आफूले सार्वजनिक बिदाको दिन साइकल चढेर जनताको काम गर्ने अभियानको शुरुवात गरेको बताइन् । “देशभर जनप्रतिनिधि र कर्मचारीबाट सरकारी गाडीको दुरूपयोग बढी रहेको समाचारहरु आइरहेका छन्, म पनि एउटा जिम्मेवार जनप्रतिनिधि भएको नाताले सरकारले बनाएको कानुन, नियमको पालन गर्नु मेरो पनि कर्तव्य हो । त्यसैले सरकारी गाडीको दुरुपयोग रोक्न म आफै बाट यो अभियानको शुरुवात गरेको हो ।” उपाध्यक्ष चौधरीले भनिन् ।

“मलाई साइकल बाहेक अरु सवारी साधान चलाउन पनि आउँदैन, मैले जाने को साइकल चलाउन नै हो । त्यसैले म संग जे सिप छ, त्यही सिपलाई प्रयोग गरेर कार्यक्रमस्थल सम्म पुग्ने र जनताको काममा सघाउने गरेको छु ।” उपाध्यक्ष चौधरीले भनिन् । “हरेक असल कामको शुरूवात आफूबाट गर्नु पर्छ भन्ने मान्यताका साथ सरकारी सम्पत्तिको संरक्षण गर्ने प्रमुख दायित्व जनप्रतिनिधिको रहेको भन्दै उपाध्यक्ष चौधरीले बिदाको दिन आफू संग भएको साइकल चढेर कार्यक्रमहरूमा पुग्ने गरेको बताइन् ।

जनप्रतिनिधि र कर्मचारीहरूबाट देशभर सरकारी गाडीको चरम दुरूपयोग बढेको व्यापक समाचार आईरहेका छन् । सरकारी गाडीको दुरुपयोग रोक्ने दायित्व मेरो पनि हो । त्यसैले म सरकारी गाडीको दुरुपयोग रोक्न मैले साइकल चढेको हो, उपाध्यक्ष चौधरीले भनिन् । उनी सार्वजनिक बिदा बाहेकका दिन भने गाउँपालिकाको सरकारी गाडी नै चढ्दै आएकी छिन् ।

“बिदाको दिन साइकल चढेको देख्दा कसै—कसैले मजाक उडाए पनि आफूलाई केही फरक नपर्ने उनी बताउँछिन् । हिजो म जनप्रतिनिधि नहुँदा पनि यही साइकल चढेर विभिन्न कार्यक्रमहरुमा जान्थे । अनि म आफै किसान र किसान कै छोरी, बुहारी भएकोले पनि म साइकल चढेर हिंड्दा मलाई कुनै लाजसरम छैन । किन की मैले कहीँकतै सरकारी सम्पत्तिको दुरुपयोग वा अपचलन गरेको छैन” उपाध्यक्ष चौधरीले भनिन् ।

साइकल चढेर हिड्दै गर्दा केही मानिसहरुले साइकल चढ्ने उपाध्यक्ष भन्छन् । त्यसो भन्दा मलाई खुसी लाग्छ । किन की अहिले देशमा भष्ट्रचार गर्ने भने कै चिल्ला गाडी चढ्नेहरु नै हुन् । म हिजो सुकुमबासी, भूमिहिनहरुको आन्दोलनबाट संघर्ष गरेर आएको महिला हो । हिजो पनि म साइकल चलाएर हिडेको महिला हो । त्यस्तैले मलाई साइकल चलाएर हिड्न के लाज ? उनले प्रतिप्रश्न गरिन् ।

यता उपाध्यक्ष चौधरीले सार्वजनिक बिदाको दिन साइकल चढेर जनताको काम गर्न शुरू गरेर उदाहरणीय कार्यको शुरूवात भन्दै राप्तीबासीले प्रशंसा गरेका छन् । उनीहरुले जनप्रतिनिधि गर्ने भने कै यस्तै काम नै हो । जनप्रतिनिधिले नै कानुन उल्ङघन गरेपछि सर्वसाधारण जनताले नगर्ने त कुरै भएन ।

उपाध्यक्ष चौधरी नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधि हो । उनी नेकपा एमाले लुम्बिनी प्रदेश लेखा समिती सदस्य समेत रहेकी छिन्। उपाध्यक्ष चौधरी लामो समय देखि भूमिहिन सुकुमबासी आन्दोलनमा समेत योगदान पुराइएकी थिइन् । उपाध्यक्ष चौधरीले थालनी गरेको यो अभियान अरू जनप्रतिनिधिले पनि सिको गर्ने हो कि ?

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे