LISTEN LIVE RADIO

राप्ती गाउँपालिकामा भु-उपयोग योजना निर्माण सम्बन्धि अन्तरक्रिया कार्यक्रम



राप्ती गाउँपालिकामा भु-उपयोग योजना निर्माण सम्बन्धि अन्तरक्रिया कार्यक्रम

भालुवाङ ६ पुस । दाङको राप्ती गाउँपालिकामा भु-उपयोग योजना निर्माण सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । स्वान संस्थाको आयोजना, आई. एम नेपालको सहयोग तथा राप्ती गाउँपालिका, दाङको सहकार्यमा शुक्रबार साे अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हाे । गाउँपालिकाकी उपाध्यक्ष कमलापति चाैधरीको अध्यक्षतामा भएको कार्यक्रममा सहभागीहरुले सहि तरिकाले याेजना बनाएर जमिनकाे प्रयाेग गरिनु पर्ने बताएका छन् भने सम्बन्धित निकायका प्रमुख तथा जनप्रतिनिधिहरुले पनि आ आफ्नाे सुझाव दिएका थिए ।

कार्यक्रममा जनप्रतिनिधि, वडा सचिव तथा विभिन्न विषयगत समितिका कर्मचारी, भुमिहिन, सुकुम्बासी र सञ्चारकर्मीको सहभागीता रहेको थियोे । कार्यक्रमको सहजीकरण स्वान संस्थाका कार्यक्रम संयोजक रेमन्त चाैधरीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे