LISTEN LIVE RADIO

नेफ्स्कून महासचिवमा सापकोटाको उमेद्धवारी



नेफ्स्कून महासचिवमा सापकोटाको उमेद्धवारी

दाङ १ पुस । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) को महासचिव पदमा सन्दीप सापकोटाले आफ्नो उमेद्धवारी घोषणा गरेका छन् ।

नेपालका बचत तथा ऋण सहकारी संघ संस्थाहरुको केन्द्रिय छाता संगठन नेफ्स्कूनको निर्वाचन सहितको ३२औ साधारण सभामा आफु महासचिवको दावेदार रहेको सापकोटाले वताए । संघको वहालवाला संचालक समेत रहेका सापकोटा विगत २५ वर्ष देखि सहकारी अभियानमा कृयाशिल छन ।

यहि पौषको ७ र ८ गते काठमाण्डौं स्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुन गईरहेको वार्षिक साधारण सभामा देशभरका बचत तथा ऋण सहकारी संघ संस्थाका प्रतिनिधिहरुको उपस्थितीमा आगामी चार वर्षे कार्यकालको लागि नयाँ संचालक समितिको निर्वाचन हुँदै छ ।

सहकारी अभियान भित्रको मज्वुद संघको रुपमा स्थापित नेफ्स्कूनको आसन्न निर्वाचनलाई लियर अभियान भित्र भावि नेतृत्वको विषयमा विभिन्न अडकलवाजीहरु चलिरहेका छन । उसो त तिन ठुला राजनैतीक दलहरुको वाहुल्यता रहेको संघमा विशेष गरि नेकपा एमाले र नेपाली काङग्रेसले नेतृत्वमा आ–आफ्नो दावि यस अघिनै प्रस्तुत गरि सकेका छन ।

नेकपा माओवादी केन्द्र निकट सापकोटा वर्तमान नेफ्स्कून संचालक समिति भित्र विवाद रहित पत्रको रुपमा चिनिन्छन । राष्ट्रिय सहकारी विकाश वोर्डको कार्यकारी सदस्य सहित राष्ट्रिय युवा परिषदको समेत सदस्य रहेका सापकोटा नेफ्स्कूनको लुम्विनी प्रदेश प्रमुख समेतको जिम्मेवारीमा छन । आसन्न नेफ्स्कून निर्वाचनमा निर्णायक शक्तिको रुपमा हेरिएको माओवादी केन्द्रले हालको वर्तमान शक्ता साझेदार दल नेपाली काङग्रेस वा नेकपा एमाले मध्ये को सँग गठवन्धन गर्ने हो भन्ने चासोका साथ हेरिएको छ ।

गठवन्धन को सँग गर्ने भन्ने प्रश्नमा सापकोटाले मुख्य विषय गठवन्धनको भन्दा पनि पछिल्लो समय साकोस अभियानमा देखिएको अविश्वास र अभियान भित्रको शुद्धिकरण रहेको बताउदै, राज्य सँग नीतिगत वहस पैरवी र अभियानलाई सहि दिशामा दोहो¥याउन सक्ने नेतृत्वसँग पार्टि नेतृत्वले छलफल गरि कार्यगत एकताको विषय टुङग्याईने उनले बताए ।

नेफ्स्कूनको ३२औं साधारण सभाबाट संघको विनियममा व्यवस्था भए बमोजिम अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, महिला उपाध्यक्ष, सहासचिव र कोषाध्यक्ष सहित १९ जनाको संचालक समिति र लेखा सुपरिवेक्षण समिति संयोजक सहित तिन सदसीय लेखा तथा सपरिवेक्षण समितिको निर्वाचन हुँदै छ । हाल नेफ्स्कूनमा करिव पाँच हाजर बचत तथा ऋण सहकारी संघ संस्था आवद्ध हुनुका साथै २५ अरव माथिको वित्तीय कारोवार गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे