LISTEN LIVE RADIO

प्युठानमा जन्ती बोकेको स्कारपिओ दुर्घटना : मल्लरानी-३ का वडा सदस्य नेपालीको मृत्यु



प्युठानमा जन्ती बोकेको स्कारपिओ दुर्घटना : मल्लरानी-३ का वडा सदस्य नेपालीको मृत्यु

दाङ २८ मंसिर । जन्ती बोकेको गाडी दुर्घटना हुँदा प्यूठानमा एक जनाको मृत्यु भएको छ।

प्यूठानको ऐरावती- २ बरौलाबाट खलंगाको बुढाचौर जन्ती लिएर जाँदै गरेको स्कारपिओ बरौलाको मोती माध्यमिक विद्यालयको पूरानो भवन नजिकै दुर्घटना भएको प्रहरीले बताएको छ।

बिहीबार बिहान ११:२० बजे लु ३ च ६८७४ नं को स्कार्पिओ अगाडीको टायर पंचर भई ब्रेक फेल भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय, प्यूठानका सूचना अधिकारी हुमानन्द खनालले जानकारी दिए।

दुर्घटनामा परी गाडीको अगाडि बाटोमा हिडेका मल्लरानी ३ का वडा सदस्य दामोदर नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, प्यूठानका प्रमुख ईश्वर थापाले जानकारी दिए। उनका अनुसार दुर्घटनामा घाइते भएकाहरूको जिल्ला अस्पताल, बिजुवारमा उपचार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे