सर्वोत्कृष्ट अंक ल्याउने विद्यालय र विद्यार्थीलाई महासंघ गढवाद्वारा सम्मान



सर्वोत्कृष्ट अंक ल्याउने विद्यालय र विद्यार्थीलाई महासंघ गढवाद्वारा सम्मान

गढवा १४ मंसिर । सामुदायिक विध्यालय व्यवस्थापन समिति महासंघ गढवाले गढवा गाउँपालिकामा सर्वोत्कृष्ट अंक ल्याउने विद्यालय र विद्यार्थीलाई  बिहिवार एक कार्यक्रमको बिच सम्मान गरेको छ।

शैक्षिक सत्र २०७९ मा सर्वोत्कृष्ट नतिजा ल्याउने गढवा गाउँपालिकाका २ सामुदायिक विद्यालय र २ जना विद्यार्थीलाई सम्मान गरेको सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ गढवाका अध्यक्ष युवराज पोख्रेलले जानकारी दिए । सम्मानित हुनेमाआधारभूत विध्यालय र मावि विद्यालयहरुलाई सम्मान पत्र दिईएको हो। सम्मानित हुनेमा शैक्षिक सत्र २०७९ मा कक्षा ८ को नतिजा अनुसार उत्कृष्ट अंक ल्याउने दिपेन्द्र होमजुन माध्यामिक विद्यालय प्रसेनीले जम्मा विद्यार्थी संख्या ३७ मध्ये ३० जना ८१.०८ विद्यार्थी प्रतिशत उत्तीर्ण गराउन सफल भएकोले सम्मानित भएको छ। त्यसैगरी जनमुखी आवि रङसिङ्ग ७७.५ प्रतिशत ल्याई दोसो र आवि बनघुस्री ६९.३६ प्रतिशत सहित तेस्रो स्थान ल्याएको हो।

त्यसैगरी सम्मानित हुनेमा कक्षा १० को उत्कृष्ट नतिजा ल्याउन सफल जनता माध्यमिक विद्यालय कालाकाटे ९२ विद्यार्थी मध्ये ७३ जना ७९.३४ प्रतिशत उतिर्ण गराउन सफल भएकोले सम्मानित भएको छ। त्यसैगरी जनता माध्यमिक विद्यालय गढवाले ७०.५ प्रतिशत उतिर्ण गराई दोस्रो र माध्यमिक विद्यालय पचहिया ७०.४९ प्रतिशत सहित तेस्रो स्थान ल्याएको हो। त्यसैगरी सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ गढवाले कक्षा ८ को शैक्षिक सत्र २०७९ मा गढवा गाउँपालिकामा उत्कृष्ट अंक ल्याउने जनता माध्यमिक विद्यालय गढवाकी छात्रा निरजला पुन मगर लाई सम्मान गरेको छ। पुन मगरले ३.७ जीपीए सहित पालिका उत्कृष्ट भएका हुन्। भने दिपेन्द्र होमजुन माध्यमिक विद्यालय प्रसेनीका अर्जुन गिरी ३.३८ जीपीए सहित द्वितीय, आवि बनघुस्रीकी छात्रा गायत्री पौडेल ३.३५ जीपीए सहित तृतीय र आदर्श रात्री आधारभूत विद्यालय गोबरडियाका छात्रा दिपाशा चौधरी ३.३३ जीपीए ल्याई चौथो स्थान हासिल गरेका थिए। त्यसैगरी गढवा गाउँपालिकामा शैक्षिक सत्र २०७९ मा कक्षा १० मा उत्कृष्ट अंक ल्याउने सरस्वती माध्यमिक बिद्यालय विद्यानगर गोबरडियाका छात्रा श्रेया थापालाई सम्मान गरिएकाे हाे। थापा एसईईमा ३.६८ जीपीए ल्याई पालिका उत्कृष्ट भएकी थिइन्। सम्मान कार्यक्रममा बोल्दै प्रमुख अतिथि गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीले सम्मानले विद्यार्थी र विध्यालयहरुबिच प्रतिस्पर्धा हुने बताइन् ।

विद्यालय र विद्यार्थीहरुको मनोबल बढाउने हिसावले गरिएको सम्मान कार्यक्रम राम्रो प्रयास भएको बताइन्। त्यसैगरी सम्मान कार्यक्रममा बोल्दै सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ गढवाका अध्यक्ष युवराज पोख्रेलले सामुदायिक विद्यालय पनि उत्कृष्ट नतिजा ल्याउन सक्षम रहेको बताए। विद्यालयहरुको गुणस्तर वृद्धिको लागि हरेक क्षेत्रमा सहयोग गर्न सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ गढवा तयार रहेको पनि बताए । गढवा गाउँपालिकामा शैक्षिक सुधारका लागि महासंघ सधै तत्पर रहेको र सहकार्य गर्ने प्रतिबद्धता समेत ब्यक्त गरे। सामुदायिक विध्यालय व्यवस्थापन समिति महासंघ गढवाका संयोजक युवराज पोख्रेलको अध्यक्षता तथा गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा महासंघ गढवाका पदाधिकारी, शिक्षक तथा गढवा गाउँपालिका शिक्षा शाखा प्राविधिक सहायक रविलाल सहितको उपस्थिति रहेको थियो। सामुदायिक विध्यालय व्यवस्थापन समिति महासंघ गढवाका सह-संयोजक दयाराम यादवको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सहजीकरण गढवा महासंघका सचिव राधेश्याम थारुकुमालले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे