चेम्बर र देउखुरी टुडेको टिम राहत लिएर जाजरकोट पुग्यो, वितरणको तयारी हुँदै



चेम्बर र देउखुरी टुडेको टिम राहत लिएर जाजरकोट पुग्यो, वितरणको तयारी हुँदै

भालुवाङ ५ मंसिर । राप्ती गाउँपालिका चेम्बर अफ कमर्स र देउखुरी टुडे डटकमको संयुक्त टोली ३ लाख बढीको राहत सामाग्री बोकेर भुकम्प प्रभावित क्षेत्र पुगेको छ ।

मंगलबार राति ८ बजे हिडेको ९ सदस्यीय टोली भुकम्प प्रभावित क्षेत्र जाजरकोटमा बुधबार  पुगेको हो । देउखुरी टुडे डटकमको आयोजना एवम् दंगाली अनलाइन खवरको सह-आयोजनामा सञ्चालित देउसी भैलोबाट संकलित रकम मध्ये खर्च कटाएर बचेको रकम मध्यको नगद १२ हजार, ३० लिटर डिजेल तथा राप्ती गाउँपालिकाका विभिन्न स्थानका उद्योगी, व्यापारीबाट संकलन गरिएको चामल, डसना, भाडावर्तन, चिउरा, चाउचाउ, बिस्कुट, लत्ताकपडा, जुत्ता चप्पल, स्वइवीन लगायत गरि ३ लाख ८ हजार २ सय २५ रूपैयाँ बराबरको राहत सामाग्री बोकेर सो टोली जाजरकोट आइपुगेको हो ।

टोलीमा राप्ती गाउँपालिका चेम्बर अफ कमर्सका अध्यक्ष नेमलाल बेल्वासे, देउखुरी टुडे डटकमका अध्यक्ष तथा प्रधान सम्पादक सन्तोषकुमार गुप्ता, चेम्बरका दोस्रो उपाध्यक्ष शेषकान्त आचार्य, सदस्य बालानन्द आचार्य, कोषाध्यक्ष अर्जुन कुमार क्षेत्री, युवा चेम्बर अफ कमर्सका अध्यक्ष विष्णुप्रसाद सुवेदी, सदस्य गणेश गाैतम र प्रेस सल्लाहकार ओमप्रकाश गुप्ता, पत्रकार विदुर एमसी रहेका छन् ।

गत कार्तिक १७ गते राति ११ः ४७ मा जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएको थियोे। भुकम्पमा परि सयौंले ज्यान गुमाएका थिए भने सयौं घाइते भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे