माेटरसाइककाे ठक्करबाट प्यूठानकाे ददेरीमा एक जनाकाे मृत्यु



माेटरसाइककाे ठक्करबाट प्यूठानकाे ददेरीमा एक जनाकाे मृत्यु

भालुवाङ २ मंसिर । प्यूठानकाे ददेरीमा माेटरसाइकलकाे ठक्करबाट एक बृद्धाकाे मृत्यु भएकाे छ । दाङकाे भालुवाङबाट प्यूठानकाे दर्भान तर्फ जाँदै गरेकाे लु ३९ प ८४१५ नम्बरकाे माेटरसाइकलले भालुवाङ-प्यूठान सडक खण्डकाे ददेरीमा हिजाे शुक्रबार एक पैदल यात्रीलाई ठक्कर दिंदा सरूमारानी गाउँपालिका-२, ददेरी निवासी बर्ष ७५ का सत्यमाेहन अमात्यकाे मृत्यु भएकाे हाे ।

माेटरसाइकलकाे ठक्करबाट गम्भीर घाइते हुनु भएका अमात्यलाई थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पुर्याएपछि डाक्टरले मृत घाेषणा गरेका थिए । त्यस्तै माेटरसाइकल पछाडी सवार स्वर्गद्वारी नगरपालिका-३, जलुके निवासी बर्ष १६ कि तिर्सना पुन घाइते हुनु भएकाे थियाे ।

घाइतेलाई भालुवाङ स्थित राप्ती पाेलिक्लिनकमा उपचारपछि घर पठाईएकाे जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएकाे छ । यता ठक्कर दिने माेटरसाइकल चालक सरूमारानी गाउँपालिका-१, दर्भानका बर्ष १८ का अनबर अलि र माेटरसाइकललाई भने प्रहरी चाैकी दर्भानले आफ्नाे नियन्त्रणमा लिएकाे छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे