दाङको मसुरीयामा मोटरसाइकलको ठक्करबाट १ बालक घाइते



दाङको मसुरीयामा मोटरसाइकलको ठक्करबाट १ बालक घाइते

भालुवाङ २९ कार्तिक । दाङको देउखुरीमा मोटरसाइकलको ठक्करबाट १ बालक घाइते भएका छन् ।

घोराही देखि रोल्पा जाँदै गरेको रा ६ प ९३२४ नम्बरको मोटरसाइकलले राप्ती गाउँपालिका-३ मसुरीया चाैकी विट अगाडि बाटो क्रस गरिरहेको बालकलाई ठक्कर दिदा राप्ती गाउँपालिका ३ मसुरीया निवासी दुर्गा चाैधरीका ८ वर्षिय छोरा समीर चाैधरी घाइते भएका छन् ।

घाइते बालकको टाउको र दायाँ हातमा मध्यम चोट लागेको इलाका प्रहरी कार्यालय भालुवाङले जानकारी दिएको छ । घाइते बालकको अहिले प्रस्तावित भालुवाङ अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे