शिवसवरी धामको विकासका लागि प्रदेश सरकार प्रतिवद्व छ : कार्यवाहक मुख्यमन्त्री मास्की



शिवसवरी धामको विकासका लागि प्रदेश सरकार प्रतिवद्व छ : कार्यवाहक मुख्यमन्त्री मास्की

सिसहनियाँ २० कार्तिक । लुम्बिनी प्रदेशका कार्यवाहक मुख्यमन्त्री धनबहादुर मास्कीले शिवसवरी धामको विकासका लागि प्रदेश सरकार प्रतिवद्व रहेको बताएका छन् ।

शिवसवरी धाम धार्मिक केन्द्र राप्ती गाउँपालिका ५ पहरूवाले आयोजना गरेको संयुक्त पुजा, डुंगा उद्घाटन तथा भण्डारा कार्यक्रमको उद्घाटन गर्दै मन्त्री मास्कीले सो कुरा बताएका हुन् । प्रमुख अतिथि समेत रहेका कार्यवाहक मुख्यमन्त्री मास्कीले राजधानीको नजिकको धार्मिक केन्द्र भएकोले पनि धामको विकास प्रचारप्रसारका लागि राप्ती गाउँपालिका सँग सहकार्य गरेर विकास गरिने प्रतिवद्वता जनाएका छन् ।

त्यस्तै राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले यश वर्ष धार्मिक क्षेत्रका लागि बजेट विनियोजन गर्न नसके पनि आगामी वर्षहरूमा मास्टर पलान सहित धामको प्रचारप्रसार र विकासमा गाउँपालिकाले सहयोग गर्ने बताएका छन् ।

धामका संस्थापक अध्यक्ष मिश्रुलाल चाैधरीको अध्यक्षतामा भएको कार्यक्रममा धामकी संरक्षक गुरु शिवलक्ष्मी चाैधरी, धामका सल्लाहकार तथा देउखुरी टुडे डटकमका अध्यक्ष/ प्रधान सम्पादक सन्तोषकुमार गुप्ता लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा कार्यवाहक मुख्यमन्त्री मास्कीले दोलाईखोला गंगासागरमा डुंगाको उद्घाटन समेत गरेका थिए । पर्यटकहरूलाई आकर्षित गर्न गंगासागरमा डुंगाको व्यवस्था गरिएको धामका संस्थापक अध्यक्ष मिश्रुलाल चाैधरीले जानकारी दिएका छन् । धामका सचिव राजेन्द्र चाैधरीको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सञ्चालन धामका सल्लाहकार ओमप्रकाश गुप्ताले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे