चार लाख बढीको राहत सामाग्री बोकेर राष्ट्रिय संगीतकर्मी संघ दाङको टोली जाजरकोट प्रस्थान



चार लाख बढीको राहत सामाग्री बोकेर राष्ट्रिय संगीतकर्मी संघ दाङको टोली जाजरकोट प्रस्थान

दाङ १८ कार्तिक । राष्ट्रिय संगीतकर्मी संघ दाङ भुकम्प पिडितहरूका लागि राहत बोकेर जाजरकोट प्रस्थान गरेको छ ।

शनिबार बेलुका ६ बजे संघका अध्यक्ष दिपक वलीको नेतृत्वमा ८ सदस्यीय टोली जाजरकोट प्रस्थान गरेको हो । तुलसीपुरबाट संकलन गरिएको दाल, चामल, लत्ताकपडा, तेल, चाउचाउ, बिस्कुट, भुजा, तरकारी, फलफुल र ओड्ने विछ्याउने विस्तारा  गरि करिव ४ लाख बराबरको राहत बोकेर जाजरकोट प्रस्थान गरेको हो ।

टोलीमा राष्ट्रिय संगीतकर्मी संघ दाङका अध्यक्ष दिपक वली सँगै सदस्यहरु रमेश जैसी, करन ओली, दामोदर केसी, सागर सुवेदी, प्रकाश बिक (चालक ), संगित चौधरी र पुर्ण रावत रहेका छन् । शुक्रबार राति ११ः ४७ मा जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएको थियोे ।

भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा गरी ज्यान गुमाउनेको सङ्ख्या एक सय ५७ जना पुगेको छ । नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो अध्यावधिक विवरण अनुसार जाजरकोटमा १ सय पाँच जना र रुकुम पश्चिममा ५२ जना गरी एक सय ५७ जनाको ज्यान गएको हो।

भूकम्पका कारण एक सय ७० जना घाइते भएका छन् । जाजरकोटमा ८१, रुकुम पश्चिममा ७८, दैलेख, जुम्ला र प्यूठानमा तीन–तीन जना तथा बैतडीमा दुई जना घाइते भएका हुन् । घाइतेमध्ये ७ जनालाई रुकुमको चौरजहारीबाट नेपाल एअरलाइन्सको ट्विनअटर जहाजमार्फत काठमाण्डौ ल्याइएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे