लुम्बिनी प्रदेशको कार्यबहाक मुख्यमन्त्रीमा धनबहादुर मास्की



लुम्बिनी प्रदेशको कार्यबहाक मुख्यमन्त्रीमा धनबहादुर मास्की

दाङ १८ कात्तिक । लुम्बिनी प्रदेश सरकारको कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी अर्थमन्त्री धन बहादुर मास्कीलाई दिइएको छ । मुख्यमन्त्री डिल्ली बहादुर चौधरी कार्यक्रममा सहभागि हुन अमेरिका प्रस्थान गर्ने कार्यक्रम रहेकाले त्यो अबधीसम्मको कार्यबहाक मुख्यमन्त्रीको जिम्मेवारी अर्थमन्त्री मास्कीलाई प्रदान गरिएको हो ।

कात्तिक १८ गतेदेखि मुख्यमन्त्री नफर्किदासम्म मुख्यमन्त्रीको सिफारिसमा अर्थमन्त्री मास्कीलाई कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी प्रदान गरिएको प्रदेश प्रमुखका प्रबक्ता धर्मा अर्यालले बताए । मुख्यमन्त्री चौधरी ‘द एसेम्बली स्टेट अफ न्यू योर्क, अलबेनीक ३० औं डिस्ट्रिक्ट’लगायतका दुई वटा कार्यक्रममा सहभागि हुने अमेरिका जान लागेका हुन्।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे