नेपाल कम्युनिष्ट पार्टी दाङका संस्थापक नेता गाैतमकाे निधन



नेपाल कम्युनिष्ट पार्टी दाङका संस्थापक नेता गाैतमकाे निधन
दाङ २४ मंसिर । नेपाल कम्युनिष्ट पार्टी दाङका संस्थापक माणिकलाल गाैतमकाे आज बुधबार निधन भएकाे छ । वि सं २००९ सालमा दाङमा कम्युनिष्ट पार्टीकाे स्थापनामा महत्वपूर्ण भूमिका खेलेका गाैतमकाे  बिहान साढे ३ बजे निधन भएकाे पारिवारिक स्राेतले जनाएकाे छ ।
कम्युनिष्ट आन्दाेलनकाे विकासमा निरन्तर लागिरहेका गाैतमकाे ९३ वर्षकाे उमेरमा निधन भएकाे हाे । नेपाल कम्युनिष्ट पार्टी नेकपाका केन्द्रीय सल्लाहकार परिषद्का सदस्य समेत रहेका गाैतमकाे आज बिहान ११ बजे घाेराही रझेनास्थित शंखे पिपल घाटमा अन्तिम संस्कार गरिने पारिवारिक स्राेतले जनाएकाे छ ।
यसैबीच नेपाल कम्युनिष्ट पार्टी दाङले गाैतमप्रति  श्रद्धाञ्जली व्यक्त गरेकाे छ । पार्टी अध्यक्ष टीकाराम खड्काले नेपाल कम्युनिष्ट पार्टी दाङका संस्थापक सदस्य तथा केन्द्रीय सल्लाहकार परिषद सदस्य गाैतमकाे निधनले कम्युनिष्ट आन्दाेलनलाई अपुरणीय क्षति पुगेको भन्दै  गौतमप्रति सम्मान प्रकट गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन् ।
पितृशोकमा रहेका बिकास गौतम र बिकिरण गौतमका सम्पूर्ण परिवारजनप्रति समवेदना ब्यक्त गर्दै अध्यक्ष खड्काले बिहान ११ वजे हुने अन्तेष्ठी कार्यक्रममा उपस्थितिका लागि पार्टी पंक्ति सबैलाई अनुरोध गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे