दाङका एक सय बढी नेकपा र कांग्रेस कार्यकर्ता समाजवादीमा प्रवेश



दाङका एक सय बढी नेकपा र कांग्रेस कार्यकर्ता समाजवादीमा प्रवेश

जीवन भण्डारी, तुलसीपुर २४ मंसिर । दाङका एक सय बढी नेपाल कम्युनिष्ट पार्टी(नेकपा) र नेपाली कांग्रेसका कार्यकर्ताहरु जनता समाजवादी पार्टीमा प्रवेश गरेका छन् । उनीहरुलाई मगलबार पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई, पार्टीका वरिष्ठ नेता नवराज सुवेदी र नेता हरि रिजाल लगायतले काठमाडौंमा स्वागत गरेका हुन् ।

यसरी पार्टी प्रवेश गर्नेहरुमा नेकपाका वैचारिक नेता कृष्ण बैरागी, नेपाली काँग्रेसका युवा नेता दुण्डीराज न्यौपाने, नेकाकै युवा नेता राजेश श्रेष्ठ, नेकपाका युवा नेता गणेश लम्साल, इन्द्रबहादुर डाँगी, जितु डाँगी, महेन्द्रकुमार गिरी, दिनेश क्षेत्री, जानकी न्यौपने, सरिता कुँवर, ज्ञानु हमाल, पार्वती केसी, सुदन विक, तारा डाँगी, सुष्मा शाह, विजया शाहा, रविना जिसी लगायत एक सय जना बढी जनता समाजवादी पार्टीमा प्रवेश गरेका हुन् ।

साे अवसरमा सम्बाेधन गर्दै डा. भट्टराईले जनता समाजवादी पार्टीमा प्रवेश गर्नेहरु बढिरहेको बताए । नव प्रवेशीहरुलाई स्वागत गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका डा. बाबुराम भट्टराईले याे सरकार असफल भएकाे याे सरकारले न जनताकाे जनजीवनकाे सवाललाई सम्बाेधन गर्न सक्छन् न विकासकाे कामलाई अघि बढाउन सक्छ ।

सक्छ त केवल भ्रष्टाचार गर्ने र भ्रष्टाचार गर्नेकाे संरक्षण मात्र गर्न सक्छ भने । कार्यक्रममा पार्टीका नेता नवराज सुवेदीले याे सरकार निरङ्कुसता तर्फ अगाडि बढेकाले लाेकतन्त्र र गणतन्त्रको काे रक्षा गर्न जनताले अबको बिकल्पकाे रुपमा जनता समाजवादी पार्टी राेज्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे