पहाडी क्षेत्रमा अझैसम्म विकासले गति लिन नसकेको देवीकोटका स्थानीयहरूको गुनासो



पहाडी क्षेत्रमा अझैसम्म विकासले गति लिन नसकेको देवीकोटका स्थानीयहरूको गुनासो

भालुवाङ १४ कार्तिक । लुम्बिनी प्रदेश सरकारका सभामुख तुलाराम घर्ती मगर, अर्थमन्त्री धनबहादुर मास्की र राप्ती गाउँपालिका दाङका अध्यक्ष प्रकाश विष्ट लगायतकाे टाेलीले साेमबार राप्ती गाउँपालिकाकाे विकट पहाडी क्षेत्रको वडा नं.९ देविकाेटका स्थानीय बासिन्दाहरु सँग भेटघाट तथा पालिकाकै अत्यन्तै महत्त्वपूर्ण धार्मिक तथा पर्यटकीय स्थल भद्राक्षी देवी मन्दिरको दर्शन गरेका छन् ।

भेटमा स्थानीयहरुले प्रदेश राजधानीको पालिका भएता पनि पहाडी क्षेत्रमा अझैसम्म विकासले गति लिन नसकेको दुखेसो गरेका थिए। उनीहरूले यातायात ,विद्युत,खानेपानी लगायतका विभिन्न समस्या रहेकाले बताउदै तत्काल त्यस समस्याको समाधान गर्न स्थानीय तथा प्रदेश सरकार समक्ष माग गरेका थिए । त्यस्तै धार्मिक तथा पर्यटकीय रुपले पालिकाकै अत्यन्तै महत्त्वपूर्ण स्थल भद्राक्षी देवी मन्दिरको विकासकाे माग समेत गरेका थिए ।

साे अवसरमा प्रदेश सरकारका सभामुख तथा अर्थमन्त्रीले त्यस क्षेत्रकाे विकासका लागि आफूहरू सकारात्मक रहेको बताउँदै समस्या समाधानका लागि अवश्यक पहल गर्ने बताएका थिए ।त्यस्तै उनीहरूले धार्मिक तथा पर्यटकीय स्थल भद्राक्षी देवी मन्दिरको संरक्षण सँगै भाैतिक विकास गरि आन्तरिक तथा बाह्य पर्यटकहरू भित्र्याइ स्थानीयहरुकाे आय आर्जनमा टेवा पुर्‍याउन सकिने बताउँदै त्यस तर्फ पनि आफूहरूले ध्यान दिने बताएका थिए ।

साे अवसरमा प्रदेश सभा सचिव दुर्लभकुमार पुन, राप्ती गाउँपालिका वडा नं. २ का अध्यक्ष वडा अध्यक्ष तथा पालिकाका प्रवक्ता पहलवान चाैधरी, वडा नं.३ का वडा अध्यक्ष उमेश अधिकारी, वडा नं.९ का वडा अध्यक्ष रिमबहादुर सुनारी मगर, भद्राक्षी देवी मन्दिर व्यवस्थापन समितिका पूर्व अध्यक्ष दुर्याेधन पाण्डे , समाजसेवी कृष्ण अधिकारी, गन्जबहादुर विष्ट, चन्द्रबहादुर जिसी लगायत स्थानीयहरुकाे सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे