महायात्रा सचिवालय बैठक सम्पन्न, थप ९ सदस्यीय योजना निर्माण कमिटि गठन



महायात्रा सचिवालय बैठक सम्पन्न, थप ९ सदस्यीय योजना निर्माण कमिटि गठन

दाङ २७ असोज । गोरक्ष पात्रदेब सिद्वरत्ननाथ देबी पाटन महायात्रा ब्यबस्थापन तथा संचालन सचिबालय समितिको बैठक शनिबार सम्पन्न भएको छ । बैठकले यात्रालाई लुम्बिनी प्रदेश गौरबको कार्यक्रमको रुपमा अघि बढाउने गरि तयारीको काम अघि बढाउने भएको छ ।

कार्यक्रमलाई थप ब्यबस्थित बनाउन ९ सदस्यीय योजना निर्माण उपसमिति गठन गरिएको छ । जसको सदस्यहरुमा अम्मर बहादुर डाँगी, डाक्टर शिबकुमार सुबेदी, डाक्टर गोबिन्द आचार्य, डाक्टर भोलानाथ योगी, निर्मल आचार्य, जर्मन चौधरी,किशोर चन्द्र गौतम महन्त सुरतनाथ योगी, र लिला शाह रहेका छन् । मुल समारोह समितिका अध्यक्ष सुरत नाथ योगीको अध्यक्षतामा बसेको बैठकले गठन भएका बिभिन्न उपसमितिका संयोजकहरुलाई मङसिर महिना भित्र आ- आफ्नो कार्ययोजना सचिबालयमा पेश गर्ने, खाता सचालन गर्ने, बिभिन्न सहयोगी निकायहरु सग आर्थिक सहयोग सकलन गर्ने सचिबालयको खाता सचालन गर्ने निर्णय गरिएको सचिबालयका सचिब हिरानाथ योगीले जानकारी दिए ।

परापुर्ब काल देखि दाङमा रहेको सिद्धरत्ननाथ मन्दिरबाट भारतको गोन्डा जिल्लामा अबस्थित देवीपाटन मन्दिरमा गोरक्ष पात्रदेबता लिएर यात्रा हुने गरेकोमा यो बर्ष यात्राको एतिहासिक महत्व र नेपाल भारत बिचको सास्कृतिक सम्बन्धको बारेमा जागरण ल्याउने उदेश्य सहित कार्यक्रमको आयोजना गरिएको आयोजक मुल समारोह समितिका सदस्य सचिब डाक्टर गोबिन्द आचार्यले जानकारी दिए । महायात्रामा मुख्य मन्त्रि सहित प्रदेशका मन्त्रिहरु शभाषदहरु समाजका प्रतिष्ठीत ब्यक्ती तथा सन्तजनहरु सहितको महायात्रा सचालन गरिने लक्ष्य आयोजकको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे