छिल्लीकोट घुम्न गएका दाजु कुटिए, बहिनी माथि बलात्कारको प्रयास



छिल्लीकोट घुम्न गएका दाजु कुटिए, बहिनी माथि बलात्कारको प्रयास

दाङ २१ मंसिर । दाङको प्रसिद्ध धार्मिक स्थल छिल्लीकोट अवलोकन गर्न गएकी एक युवती माथि वलात्कारको प्रयास भएको छ । शनिबार छिल्लीकोट मन्दिर नजिकै बलात्कारको प्रयास गरेको भन्दै प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।

तुलसीपुर उपमहानगरपालिका वडा नं. १९ छिल्लीकोट निवासी २१ बर्षीय बलदेव परियारलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक झलकप्रसाद शर्माले बताए । दाजु बहिनी घुम्न गएको अबस्थामा त्यहाँका केही युवाले दाजुलाई कुटपिट गरि बहिनीलाई बलात्कार गर्न खोजेको प्रहरीले बताएको छ ।

त्यसपछि शनिबार छिल्लीकोट तनाबग्रस्त बनेको थियो । करिब दुई हजार जना पर्यटक छिल्लीकोट गएका थिए । त्यहाँ सुरक्षा निकाय नहुँदा यसरी असुरक्षित हुनुपरेको स्थानीयले बताएका छन् । धेरै पटक त्यहाँको भ्यूटावरमा समेत तोडफोड हुने गरेको भन्दै अस्थायी प्रहरी पोष्टको समेत माग गरिएको छ । रातिमा पनि त्यहाँ युवाहरु पुगेर अपराधिक गतिबिधि गर्ने गरेको त्यहाँका नागरिकको गुनासो छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे