दाङमा अखिल नेपाल महिला संघद्धारा हिंसा विरुद्ध विरोध सभा



दाङमा अखिल नेपाल महिला संघद्धारा हिंसा विरुद्ध विरोध सभा

दाङ २१ मंसिर । राष्ट्रिय जनमोर्चा निकट  अखिल नेपाल महिला संघले महिला हिंसाविरुद्धको अभियान स्वरुप दाङमा विरोध सभा सम्पन्न गरेको छ । आइतवार दाङ सहित देशैभर एकैसाथ गरेको विरोध सभा गर्नु अघि प्रमुख जिल्ला अधिकारी मार्फत सरकारलाई हिंसा अन्त्यको १५ सुत्रीय माग राख्दै ज्ञापन पत्र बुझाएको छ ।

मुलुकले गणतन्त्रको यात्रा तय गरे पनि समाजमा विद्यमान अन्धविश्वास, कुरीति, कुसंस्कार, कुप्रथालगायतले सामाजिक परिवर्तनमा असर परेको भन्दै कानुनी राज्य स्थापना गर्न माग गरिएको छ।

यस्तै, महिला हिंसाका मुद्दालाई फास्ट ट्रयाक कोर्टबाट फैसला गर्ने व्वस्था मिलाउन, हिंसामा संलग्न अपराधीलाई कडाभन्दा कडा सजाय दिन, पीडितलाई उचित क्षतिपूर्ति र छिटो न्याय दिन, बालबालिकाहरुमाथि हुने हिंसा अन्त्य गर्न, बाल विवाहको अन्त्य गर्न, जातीय छुवाछूतको अन्त्य गर्न, महिलाहरुको पक्षमा भएका अन्तर्राष्ट्रिय सन्धि सम्झौताहरु कार्यान्वयन गर्नेलगायत माग राखिएका छन्।

कोण सभामा अखिल नेपाल महिला संघकी जिल्ला अध्यक्ष पुर्णिमा आचार्य, केन्द्रीय सदस्य कमला जिसी, जनमोर्चाका जिल्ला अध्यक्ष गणेश आचार्यलगायतले सम्बोधन गरेका थिए भने कार्यक्रमको सहजीकरण अखिल नेपाल महिला संघकी जिल्ला सचिव शारदा थापाले गरेकी थिईन्।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे