LISTEN LIVE RADIO

देउखुरीको भालुवाङमा चाइनिज र इन्डियनको मिठो स्वाद सहित खुल्यो नासो रेष्टुरेन्ट



देउखुरीको भालुवाङमा चाइनिज र इन्डियनको मिठो स्वाद सहित खुल्यो नासो रेष्टुरेन्ट

भालुवाङ २० असोज । दाङ—देउखुरीको भालुवाङमा चाइनिज तथा इन्डियन परिकारको स्वाद प्रदान गर्ने उदेश्यले नासो रेष्टुरेन्ट एण्ड बार सञ्चालनमा आएको छ । लुम्बिनी प्रदेशको राजधानीस्थल राप्ती उपत्यका देउखुरीमा आउने पाहुना तथा ग्राहकहरु लक्षित गरी आज शनिबार देखि भालुवाङ, पुल्चोक बजारको प्यूठान रोडमा नासो रेष्टुरेन्ट एण्ड बार सञ्चालनमा आएको हो ।

नेपालका प्रमुख शहरहरु काठमाडौँ, पोखरा, बुटवल र नेपालगञ्ज लगायतका शहरहरुमा पाइने चाइनिज तथा इन्डियन परिकारहरु प्रदान गर्ने उदेश्यले रेष्टुरेन्ट सञ्चालन गरेको सञ्चालक कुलबहादुर सारुमगरले बताउनु भएको छ । “यो राजधानीस्थल हो, यहाँ आउने पाहुना र ग्राहकहरुको माग र आवश्यकता अनुसार सेवा दिने काम हाम्रो हो, तर यस क्षेत्रमा चाइनिज तथा इन्डियन परिकारहरु भने जस्तो नपाएको ब्यापक गुनासो आएपछि हामीले रेष्टुरेन्ट सञ्चालन गरेका हौँ, सञ्चालक सारुमगरले भने ।

उनले नासो नेपाली भाषाको पुरानो शब्द हो । अहिले नासोलाई उपहार र अँग्रेजीमा गिफ्ट भन्न थालिएकोले मौलिक भाषा र शब्दको संरक्षणका लागि नासो नाम दिएर रेष्टुरेन्ट सञ्चालन गरिएको सञ्चालक सारुले भने । उनले नयाँ सिस्टमबाट सेवा प्रदान गर्ने उदेश्यले रेष्टुरेन्ट सञ्चालनमा ल्याएको बताए ।

रेष्टुरेन्टुमा अहिले चाइनिज, इन्डियन र जापनिज खाना र नास्ताको व्यवस्था रहेको सञ्चालक सारुले बताए । उक्त रेष्टुरेन्टलाई सारु परिवारले सञ्चालनमा ल्याएको छ भने रेष्टुरेन्टमा ८ जना कर्मचारीहरु रहेका छन् । साथै ती कर्मचारी समेत सारु परिवारका मात्र रहेको बताइएको छ ।

यता उक्त रेष्टुरेन्टको आज एक कार्यक्रमका बीच उद्धघाटन गरिएको छ । रेष्टुरेन्टको उद्धघाटन राप्ती उद्योग बाणिज्य संघका अध्यक्ष सुरज खड्काले रिबन काटेर गरेका थिए । रेष्टुरेन्टको उद्धघाटन अध्यक्ष खड्काले यो रेष्टुरेन्टको स्थापनाले राजधानीमा थप सुविधा बढाएको बताए । उनले राजधानीमा अब हरेक सेवासुविधाहरु बिस्तार थप हुँदै जानु निकै खुसीको बिषय भएको समेत बताए ।

रेष्टुरेन्ट उद्धघाटन कार्यक्रममा आउनु भएका सेवाग्राहीहरुले रेष्टुरेन्टको स्थापनाले राजधानीमा थप नयाँ आयम थपिएको बताएका छन् । उनीहरुले राजधानीमा आउने ग्राहकहरुलाई लक्षित गरी नयाँ स्वाद सहितको परिकारहरुले थप नयाँ सन्देश दिने भन्दै रेष्टुरेन्ट सञ्चालनको शुभकामना तथा सुझाब दिएका थिए ।

उद्धघाटन कार्यक्रममा भालुवाङ होटेल व्यवसाय समितीका अध्यक्ष महेश बेल्बासे, राप्ती उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष जगतप्रसाद पोख्रेल, बरिष्ठ उपाध्यक्ष बाबुराम थापा, सल्लाहकार टोपबहादुर झाँक्री, युवा समाजसेवी गिरबहादुर जिएम, पत्रकार सन्तोषकुमार गुप्ता र श्रीधर कडेल लगायतको उपस्थिीती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे