LISTEN LIVE RADIO

गायक तथा मोडलिङ क्षेत्रमा जम्दै देउखुरीका श्रीधर कडेल



गायक तथा मोडलिङ क्षेत्रमा जम्दै देउखुरीका श्रीधर कडेल

भालुवाङ २० असोज । श्रीधर कडेल पछिल्लो समय युवापुस्ताले रुचाएका गायक तथा मोडेल हुन् । दाङ तथा देउखुरीको पूर्वी क्षेत्र लुम्बिनी प्रदेशको राजधानीस्थल समेत रहेको दाङ—देउखुरीको राप्ती गाउँपालिका—१, पाखापानीलाई आफ्नो कर्मथलो बनाउँदै बिगत आठ बर्ष देखि निरन्तर कलाकारिता क्षेत्रमा सक्रिय रहेका छन् ।

उनी पछिल्लो समय चर्चित लोकदोहोरी गायक तथा मोडिलिङ्ग कलाकारका रुपमा परिचित रहेका छन् । बुवा ईश्वरीप्रसाद कडेल र आमा सीता कडेलका उनी एकल मात्र छोरा हुन् । सानै उमेर देखि चनचले स्वभाबका उनी ठुलो भएर पनि उस्तै नै छन् । हँसिला र सहयोगी भवनाका कडेल सानै उमेरबाट नै उनलाई गायक क्षेत्र अत्यन्तै मनपर्ने गथ्र्यो ।

सानै उमेरमा पनि उनले गीत गाएर धेरै मानिसहरूलाई मनोरञ्जन दिने गर्थे । उनको गीतलाई मन पराएर मानिसहरुले पैसा पनि दिने गर्थे । कडलले गीत गाएर संकलन भएको पैसाले नै उन थप हौसला प्रदान गर्यो । उनलाई पैसाले हौसला र हिम्मत दियो र उनी आज गायक तथा माडलिङ्गमा चर्चित भएका छन् । जो अहिले गायक तथा मोडेल भएर विभिन्न कार्यक्रमहरुमा अत्यन्तै मनोरञ्जन प्रदान गर्दै आएका छन् ।

उनी अहिले मेला महोत्सव तथा म्युजिक भिडियोहरुमा आवाज दिएर र मोडलिङ्ग गरेर आफ्नो छुट्टै पहिचान बनाउन सफल भएका छन् । उनी अहिलेले गायक संगसंगै मोडलिङ क्षेत्रलाई पनि उत्तिकै अघि बढाउँदै आएका छन् । कडेल देउखुरी क्षेत्रमा कलाकारिताको सानका रुपमा आफूलाई स्थापित गराउन सफल भएका छन् ।

कडेलको सागितिक यात्रा “सोल्टिनी भेट् भयो” भन्ने बोलको गीतबाट सुरु भयो । जो गीतमा उनको र राधिका हमालको स्वर रहेको छ, भने उनको आफ्नै र करिष्मा ढकालको मोडलिङ रहेको छ । उनलाई त्यस गीतबाट सागितिक यात्रा तर्फ अझ बढी उर्जा थपिदै गयो । उनी सानै उमेर भएता पनि जिन्दगीमा धेरै ठक्करहरु खादै अघि बढेको अनुभव सुनाउँछन् ।

मेहनत गरेपछि एक पटक अवश्य सफल भइन्छ भन्दै गायक कडेलले अहिले बजारमा आधा दर्जन बढी गीतहरु ल्याइसकेका छन् । केही गीत आफै गाएका छन् भने केही गीतमा मोडलिङ समेत गरेका छन् । उनी गायक तथा मोडलिङ मात्र नभएर क्यारिकेचर गर्ने कला पनि छ । दाङ सहित छिमेकी जिल्लाहरुमा हुने मेला महोत्सवहरुमा उनको बलियो उपस्थिती रहने गर्दछ ।

उनी कलाकारिता संगै पछिल्लो समय टेलिभिजन तथा अनलाइन मिडियाहरुमा आवद्ध रहेर पत्रकारिता क्षेत्रमा समेत सक्रिय रहेका छन् । उनी अहिले देउखुरी टुडे डटकम र बुद्ध आवाज टेलिभिजनमा समेत काम गर्दै आइरहेका छन् ।

गायक बन्ने चाहाना त पूरा भयो तर आफूलाई कसरी स्थापित गर्न सकिन्छ भन्दै निकै मिहिनेत गर्दै आएका छन् । आफूलाई स्थापित गर्न उनी कहिकतै पनि पछि नपर्ने उनको भनाई छ । अहिले उनी राष्ट्रिय संगीतकर्मी संघ दाङ जिल्लाको उपाध्यक्ष समेत रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे