डोटीमा जीप दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु, ५ जना घाइते



डोटीमा जीप दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु, ५ जना घाइते

डोटी २१ मंसिर । डोटीको बोगटान फुड्सिल गाउँपालिकामा जीप दुर्घटना भएको छ। शनिबार मध्ये राति भएको दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु भएको बताइएको छ। पाँच जना घाइते भएका छन्।

डोटी सदरमुकाम दिपायलबाट गाउँपालिकाको केन्द्र खत्याडीका लागि हिँडेको जिप बोगटान फुड्सिल गाउँपालिका–७ को बउखेल्ले भन्ने स्थानमा दुर्घटनामा परेको हो।

जिप बाटोबाट करिब दुई सय मिटर तल भीरमा खसेको घटनास्थलमा उद्धारमा खटिएका स्थानीय कांग्रेस नेताले जनाएका छन्। मृतकको सनाखत हुन सकेको छैन भने चालकसहित पाँच जना घाइतेलाई उपचारका लागि दिपायल लगिएको छ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे