LISTEN LIVE RADIO

तीज र अट्वारी पर्वलाई लक्षित गरि सिसहनियाँ बजार सरसफाई



तीज र अट्वारी पर्वलाई लक्षित गरि सिसहनियाँ बजार सरसफाई

सिसहनियाँ ३० भदौ । हिन्दुनारीहरू महान् चार्ड हरितालिका तीज तथा थारू समुदायको अट्वारी पर्वको अवसर पारि शनिवार सिसहनियाँ बजार सरसफाई गरिएको छ ।उद्योग वाणिज्य संघका अध्यक्ष पुर्णबहादुर बुढाथोकीको अगुवाई तथा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको विशेष उपस्थितीमा विभिन्न संघसंस्था तथा व्यापारीहरुको सक्रियतामा सिसहनियाँ बजार सरसफाई गरिएको हो । राप्ती गाउँपालिकालाई सफा सुन्दर पालिका बनाउन तथा चार्डपर्वका बेला बजारको सुन्दरता कायम राख्न बजार सरसफाई गरिएको संघका अध्यक्ष बुढाथोकीले जानकारी दिएका छन् । शनिवारबाट सुरु गरिएको अभियान अव निरन्तर रुपमा सञ्चालन गरिने र जथाभावी फोहोर गर्नेलाई जरिवाना समेत गर्ने संघका अध्यक्ष बुढाथोकीले बताएका छन् ।सरसफाई कार्यक्रममा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट, ५ नम्बर वडा अध्यक्ष देवप्रसाद चौधरी, सिसहनियाँ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष ईश्वरीप्रसाद अधिकारी, उद्योग उपाध्यक्ष युवराज सिंह ठकुरी, सचिव मदन पोख्रेल, सदस्य रामलाल पाण्डे, सल्लाहकार तिर्थराज ज्ञवाली, हिमबहादुर रोकाय क्षेत्री, प्रगतिनगर टोल विकास संस्थाका अध्यक्ष गंगा केसी, राप्ती गाउँपालिका चेम्बर अफ कमर्सका अध्यक्ष नेमलाल बेल्वासे, संस्थापक अध्यक्ष कुमार अधिकारी, इलाका प्रहरी कार्यालय सिसहनियाँका प्रमुख जीवन केसी, थानेश्वर यातायात प्रालि, प्रगतिनगर शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष भरत पाण्डे, त्रिशिद्वेश्वरी राप्ती यातायात प्रालिका प्रतिनिधि जीवन केसी, हाप्किडो मार्सल आर्टका अध्यक्ष रामकृष्ण डाँगी, पत्रकारहरु सन्तोषकुमार गुप्ता, विदुर एमसी, ओमप्रकाश गुप्ता, श्रीधर कंडेल लगायतको विशेष उपस्थिति रहेको थियोे ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे