राप्ती नदी किनारमा वेवारिसे शव फेला



राप्ती नदी किनारमा वेवारिसे शव फेला

भालुवाङ २६ भदौ । दाङको देउखुरी स्थित राप्ती नदी किनारमा एक वेवारिसे शव फेला परेको छ ।

आज दिउँसो १ बजेको समयमा राप्ती गाउँपालिका वडा नम्बर १ शान्तिपुर स्थित ज्यामिरे खोला नजिक राप्ती नदिको किनारमा नाम ठेगाना नखुलेका एक पुरुषको शव फेला परेको इलाका प्रहरी कार्यालय भालुवाङले जानकारी दिएको छ ।

५.५ फिट उचाई, मोटो शरीर, तालु खुइलिएको, माथि हरियो रङको टिसर्ट, डि.आर.इ. डब्लु लेखेको कालो हाप पाइन्ट लगाएको मंगोलियन जस्तो देखिने ती पुरुषको शव फेला परेको प्रहरीले बताएको छ । शवलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही पठाइएको छ । साथै शव पहिचान भएमा इलाका प्रहरी कार्यालयको फोन नम्बर ९८५७८९००६९ र ९८५७८५०१२० मा फोन गरेर जानकारी गराउन प्रहरीले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे