अपांगता कोटा ५ प्रतिशत सुनिश्चित गर्न माग गर्दै लुम्बिनी प्रदेशको मुलगेट अगाडी रिले अनशन शुरु



अपांगता कोटा ५ प्रतिशत सुनिश्चित गर्न माग गर्दै लुम्बिनी प्रदेशको मुलगेट अगाडी रिले अनशन शुरु

भालुवाङ २१ भदौ । आरक्षण कोटाको माग गर्दै राष्ट्रिय अपाङ्ग महासंघ नेपाल लुम्बिनी प्रदेशले आज देखि रिले अनसन शुरु गरेको छ । लुम्बिनी प्रदेशसभामा पेस भएको निजामती कर्मचारी ऐनमा अपांगता कोटा सुनिश्चित हुनुपर्ने माग गर्दै महासंघले आज देखि लुम्बिनी प्रदेश सरकारको मुल गेट अगाडि रिले अनशन सुरू गरेको हो ।

प्रदेशसभामा पेस भएको निजामती कर्मचारी ऐन २०८० मा आरक्षण कोटा अन्तरगत अपाङ्गताको कोटा ५ प्रतिशत हुँदै आएकोमा घटाएर ३ प्रतिशत कायम भएको भन्दै महासंघले उक्त प्राबधान सच्याउन माग गर्दै पहिलो चरणको आन्दोलन अन्र्तगत भदौ २३ गते सम्म रिले अनसनको कार्यक्रम शुरु गरेको महासंघका लुम्बिनी प्रदेश सहसचिव मनोज पंगेनीले बताए ।

उहाँले दबाब दिने उद्देश्यले भाद्र २१ गते देखि भदौ २३ गते सम्म दैनिक विहान १०ः३० बजे देखि बेलुका ४ बजे सम्म लुम्बिनी प्रदेशसभाको मुलगेट अगाडी शान्तिपूणर् रिले अनसन सुरू गरेको बताए । सवै प्रदेशमा अपांगता कोटा ५ प्रतिशत कायम छ तर लुम्बिनी प्रदेश सरकारले अपांगताहरूको अधिकार कटौती गर्न आरक्षण कोटा घटाएको सहसचिव पंगेनीले आरोप लगाए ।

लुम्बिनी प्रदेश सरकारले संसद सचिवालयमा पेश गरेको निजामती सेवाको गठन सर्त सम्बन्धी व्यवस्थापन गर्न बनेको विधेयक २०८० को दफा ११ मा पदपुर्ति सम्बन्धी विशेष व्यवस्थापनमा अपाङ्गता भएका व्यक्तिहरुको लागि ३ प्रतिशत समानुपातिक कोटा व्यवस्था गरिएको प्रति राष्ट्रिय अपाङ्ग महासंघ नेपाल लुम्बिनी प्रदेश कार्यालयको गम्भिर ध्यानाकर्षण भएको बताउँदै उक्त पदपुर्ति सम्बन्धी व्यवस्थालाई संशोधन गरी ५ प्रतिशत कायम गरिनुपर्ने महासंघ लुम्बिनी प्रदेशका प्रदेश व्यवस्थापक धिरेन्द्र विकले माग गरे ।

उनले अपाङ्गता भएका ब्यक्तिहरुलाई सरकारी सेवामा मुल प्रवाहीकरण गर्नुपर्ने, नेपालको संविधान २०७२ को समावेशी समानुपातिक प्रतिनिधित्वको व्यवस्थालाई कार्यान्वयन गर्नुपर्ने, अपाङ्गता भएका व्यक्तिहरुको नागरिक अधिकार तथा मानव अधिकारको रक्षा र प्रवर्दन गर्न र अपाङ्गता भएका व्यक्तिहरु मैत्री शासन प्रबर्दन गर्नुपर्ने र समाजिक न्याय प्रबर्दन गर्न माग गरिएको प्रदेश व्यवस्थापक विकको भनाई छ ।

यता प्रदेश सांसदहरूले अपांगता भएका नागरिकहरूले उठाएको माग ज्याज भएको र संसद बैठकमा अपांगता कोटा सुनिश्चितताका लागि जोडदार आवाज उठाउने प्रतिवद्वता जनाएका छन् । उहाँहरुले संघ सरकार र अन्य प्रदेश सरकारले समेत आक्षर कोटा सुनिश्चत भइसकेको अवस्थामा लुम्बिनी प्रदेश सरकारले मात्र घटाउन खोज्नु एकदमै गलत भएको प्रदेश सांसदद्धय विश्वप्रेम पाठक र दिपेन्द्र पुनले बताए ।

रिले अनशनको पहिलो दिन राष्ट्रिय अपाङ्ग महासंघ नेपाल लुम्बिनी प्रदेशका सह—सचिव मनोज पंगेनीको अगुवाईमा अपाङ्गता भएका करिव ५० जना बढीको सहभागीता रहेको थियो । रिले अनसनमा राष्ट्रिय अपाङ्ग महासंघ नेपाल लुम्बिनी प्रदेशका प्रदेश व्यवस्थापक धिरेन्द्र विक, परियोजना अधिकृत शिव घर्तीमगर, जनवकालत संयोजक सरोजा भण्डारी, लेखापाल महानन्द पोख्रेल र दोभासे चम्पा बुढा लगायत सयौँ अपाङ्गहरुका उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे