LISTEN LIVE RADIO

लालमटियामा गिद्व संरक्षण विषयक तीज गीत प्रतियोगिता : नेपाल मगर महिला संघ प्रथम



लालमटियामा गिद्व संरक्षण विषयक तीज गीत प्रतियोगिता : नेपाल मगर महिला संघ प्रथम

भालुवाङ १८ भदाै । दाङको राप्ती गाउँपालिका वडा नम्बर २ लालमटियामा सञ्चालित तीज गीत प्रतियोगितामा नेपाल मगर महिला संघ प्रथम स्थान हासिल गरेको छ ।कालिका सामुदायिक वन उपभोक्ता समूह लालमटियाले सोमबार महिला भवन लालमटियामा आयोजना गरेको पशुपंक्षी तथा गिद्व संरक्षण विषयक तीज गीत प्रतियोगितामा नेपाल मगर महिला संघ प्रथम हुन सफल भएकाे हो । त्यस्तै प्रतियोगितामा सक्रिया महिला समुह द्वितीय, जुनकिरण बाल क्लव तृतीय र पव्लिक एजुकेसन एकेडेमी लालमटियाले सान्त्वना स्थान हासिल गरेका थिए । विजेताहरूलाई क्रमश २ हजार, १ हजार ५ सय, १ हजार र ५ सय रूप‌याँ नगद तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।समुहका अध्यक्ष पहलवान चौधरीको अध्यक्षता एवम् राप्ती गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत विश्वास विकको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा पंक्षी विज्ञ डा. आनन्द चाैधरी, नेपाल पंक्षी संरक्षण परियोजना अधिकृत भुपाल नेपाली, राप्ती गाउँपालिका निर्वतमान उपाध्यक्ष जगदम्बा कुमारी चाैधरी, १ नम्बर वडा सदस्य पार्वती सुवेदी लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । पशुवृद्वा आश्रम तथा गिद्व संरक्षण केन्द्रका संयोजक यमबहादुर रोकाको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सञ्चालन समुहका सदस्य लालमणी भुसाल र सञ्चारकर्मी सिमा केसीले गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे