निशुल्क फलफूलका विरुवा पाउँदा जाल्पा लघुवित्तका महिला सदस्यहरु खुसी



भालुवाङ ११ भदौ । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लि. राप्ती गाउँपालिका वडा नम्बर १ भालुवाङ शाखाले २ सय जना सदस्यहरुलाई निशुल्क रुपमा  फलफूलका विरुवा वितरण गरेको छ ।सामाजिक उत्तरदायित्व अन्तरगत संस्थाले महिलाहरुलाई फलफुल खेतीमा उत्साहित गराउन सोमवार गढवा गाउँपालिका वडा नम्बर १ कालाकाटेमा २ वटा समुह तथा राप्ती गाउँपालिका वडा नम्बर १, २, ३ र ४ मा ८ वटा समुह गरि १० वटा समुहका २ सय जना सदस्यहरुलाई आँप, लिची र कागती प्रजातीका ४ सय विरुवा निशुल्क रुपमा वितरण गरेको शाखा प्रवन्धक पार्वती गिरीले जानकारी दिएकी छिन् । संस्थाले गठन गरेको ती १० वटा महिला समुहका २ सय जना सदस्यहरुलाई आफ्नै घर आँगनमा रोप्नका लागि सो फलफूलको विरुवा वितरण गरिएको शाखा प्रवन्धक गिरीले बताएकी छिन् ।घर आँगनमै निशुल्क विरुवा उपहार पाउँदा सदस्यहरु समेत खुसी भएका छन् । फलफूलका विरुवा बाहिर किन्दा मंहगो शुल्क तिरेर किन्नु पथ्र्यो तर संस्थाले घर आँगनमै ल्याएर निशुल्क विरुवा दिदा हामीलाई धेरै राहत भएको राप्ती गाउँपालिका वडा नम्बर ४ निवासी ६८ नम्बर केन्द्रकी सदस्य विमला पन्त बताए । विरुवा वितरण कार्यक्रममा संस्थाकी शाखा प्रवन्धक पार्वती गिरी, वरिष्ठ सहायक रेनु नेपाली र कनिष्ठ सहायक शारदा पौडेलको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे