मन्त्री मास्कीद्वारा शहीद स्मृति भवनको उद्घाटन



मन्त्री मास्कीद्वारा शहीद स्मृति भवनको उद्घाटन

दाङ १० भदौ । लुम्बिनी प्रदेशका अर्थमन्त्री तथा माओवादी केन्द्रका केन्द्रीय सदस्य धनबहादुर मास्कीले शान्तिनगर गाउँपालिका स्थित शहीद स्मृति भवनको उद्घाटन गरेका छन् ।

वडा नं. ४ स्थित उक्त भवनको आईतबार सिलन्यास गरेका हुन् । संघीय, प्रदेश तथा स्थानीय सरकारको पटक-पटक भएको १८ लाख ७५ हजार लगानीमा उक्त भवन निर्माण भएको हो । सोही भवनको उद्घाटन गर्दै मन्त्री मास्कीले विकास निर्माणकाकालागि आएको बजेट समयमै कार्यान्वयन हुने बताए । पश्चिम दाङमा इतिहासमै धेरै बजेट आएको भन्दै त्यो बजेट समयमै कार्यान्वयन हुने समेत बताए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे