LISTEN LIVE RADIO

राप्तीमा विद्यालयहरुकाे अनुगमन : संस्कार सहितकाे शिक्षा दिन शिक्षकहरुलाई अध्यक्ष विष्टकाे आग्रह



राप्तीमा विद्यालयहरुकाे अनुगमन : संस्कार सहितकाे शिक्षा दिन शिक्षकहरुलाई अध्यक्ष विष्टकाे आग्रह

भालुवाङ ६ भदाै । दाङको राप्ती गाउँपालिकाले पालिका भित्र रहेका विद्यालयहरुकाे अनुगमन सुरु गरेको छ।

अनुगमन मार्फत विद्यालयहरुमा देखिएका हरेक समस्याकाे पहिचान गरि समाधान गर्दै शैक्षिक गुणस्तरमा थप सुधार गर्ने उदेश्यले अनुगमन गरिएको हाे। यसै क्रममा बुधबार वडा नं.५ पहरुवामा रहेको बालकल्याण आधारभूत विद्यालयकाे अनुगमन गरिएको छ। अनुगमन पश्चात् राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले विद्यालयमा देखिएका समस्याहरुलाई प्राथमिकताका आधारमा सम्बोधन गर्दै समस्याको हल गर्ने बताउका छन् । गाउँपालिकाकाे पहिलो प्राथमिकता शिक्षा क्षेत्रमा सुधार रहेको बताउँदै अध्यक्ष विष्टले विद्यालय शिक्षामा देखिएका समस्यलाई गाउँपालिका र विद्यालयले समन्वय गरेर हल गर्नुपर्ने बताए ।

जग बलियो भएमा मात्रै घर बलियो हुने भन्दै अध्यक्ष विष्टले शिशु कक्षा देखिनै बालबालिकाको मनोविज्ञान बुझेर उनीहरूलाई व्यावहारिक र संस्कारी शिक्षा प्रदान गर्न शिक्षकहरुलाई आग्रह गरे । त्यस्तै अध्यक्ष विष्टले शिक्षक पेशा जागिर मात्रै नभइ सामाजिक उत्तरदायित्व समेत भएको बताउँदै शिक्षकहरु आफ्नाे कर्तव्य प्रति जिम्मेवार र निष्ठावान भएर लाग्नुपर्ने बताए ।

त्यस्तै पालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख विश्वास विकले विद्यार्थीहरुलाई नियमित विद्यालयमा आइ सक्रिय रुपमा पठनपाठन क्रियाकलापमा सहभागी गराउन विद्यालय प्रशासन र शिक्षकहरुकाे प्रमुख भूमिका रहने भएकाले त्यस तर्फ ध्यान दिन शिक्षकहरुलाई आग्रह गरे । अनुगमनमा गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट,शिक्षा ,युवा तथा खेलकुद शाखा प्रमुख विश्वास विक र पालिकाका अभिलेख तथा सुचना सम्पादनकर्ता तुलबहादुर कवँर मगर लगायतको सहभागीता रहेको थियो । पालिकाले वर्ष भरिकै समय तालिका निर्धारण गरि विद्यालय अनुगमन कार्य लाई अघि बढाएको छ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे