नेपालगन्जबाट रुकुम चौरजहरी जादै गरेको बस दुर्घटना, २५ जना घाइते



नेपालगन्जबाट रुकुम चौरजहरी जादै गरेको बस दुर्घटना, २५ जना घाइते

सल्यान १७ मंसिर । सल्यानमा करिब ३० जना सवार बस दुर्घटना भएकाे छ । दुर्घटनामा २५ जना घाइते भएका छन् ।

नेपालगन्जबाट रुकुम चौरजहरी जादै गरेको ना ४ ख ६७१५ नम्बर यात्रुबाहक बस सल्यानकाे कुमाख गाउँपालिका २ खारखाेलामा बुधबार साँझ ४ बजे दुर्घटना भएकाे हाे ।

दुर्घटनामा परेका १५ जना यात्रुलाइ उपचारका लागि नेपालगन्ज पठाइएकाे छ । १० जनाकाे रुकुम चाैरजहारीमा उपचार भैरहेकाे जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख डिएसपी गाेविन्द थापाले लेकाली अनलाइनलाइ बताए ।

उनकाअनुसार ३ जना घाइतेकाे अवस्था चिन्ताजनक छ । गाडी चालक र सहचालक भने फरार रहेका छन् । उनिहरुकाे खाेजि भैरहेकाे र घटनाबारे अनुसन्धान भैरहेकाे डिएसपी थापाले बताए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे