LISTEN LIVE RADIO

राप्ती गाउँपालिकामा ८ ओटा कृषि सहकारीले अनुदानको मल विक्री गर्न पाउने



राप्ती गाउँपालिकामा ८ ओटा कृषि सहकारीले अनुदानको मल विक्री गर्न पाउने

भालुवाङ १७ मंसिर । दाङको राप्ती गाउँपालिकामा अनुदानको मल विक्री वितरणको लागी सहकारी र कार्यक्षेत्र तोकिएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालय सिंहदरवार काठमाण्डाैको र कृषि ज्ञान केन्द्र घोराहीको परिपत्र अनुसार मल वितरण गर्ने वारेमा भएको निवेदन माथि मापदण्ड पुगे नपुगेको आधारमा अनुगमन गर्दा ८ ओटा सहकारी मार्फत विक्री वितरण गर्न छनौट गरिएको कृषि विकास अधिकृत महेश अधिकारीले जानकारी दिएका छन् ।

अनुदानको रासायनिक मल विक्री वितरणको लागी इच्छुक स्मृती कृषि सहकारी संस्था लालमटिया, स्वरोजगारी पशुपंक्षी विकास सहकारी संस्था मौरीघाट, देउकी कृषि सहकारी संस्था पहरुवा, सिसहनियाँ साना किसान कृषि सहकारी संस्था सिसहनियाँ, छिमेकी कृषि सहकारी संस्था लठ्ठहवा, नबप्रतिभा कृषि सहकारी संस्था बगरापुर, जय गुरुबाबा कृषि सहकारी संस्था बड्का सिसहनियाँ र सिसहनियाँ कृषि सहकारी संस्था छनौटमा परेको कृषि प्राविधिक सहायक सिमा भट्टले बताइन् ।

गाउँपालिका भित्र रहेका सहकारीहरु छनौट गरी अनुदानको रासायनिक मल विक्री वितरणको लागी कार्यक्षेत्र समेत तोकिएको छ । जसमा इच्छुक स्मृती कृषि सहकारी संस्थाले वडा नं. १, २ को पुरै र ३ नं. वडाको मसुरिया बड्का गल्लीबाट पुर्वी भाग तथा ९ नं वडाको रुपाकोट क्षेत्र, स्वरोजगारी पशुपंक्षी विकास सहकारी संस्थाले वडा नं. ४ को पुरै, ३ नं वडाको मसुरिया वड्का गल्लीबाट पश्चिम भाग र ९ नं वडाको देवीकोट क्षेत्रमा काम गर्ने कृषि प्राविधिक सहायक बरसाती गडरियाले बताए ।

अनुदानको मल विक्री वितरणको लागी सहकारी र कार्यक्षेत्र तोकिए बमोजिममा काम गर्न कृषि नायव प्राविधिक सहायक निर्मला गिरीका अनुसार सेवाग्राहीको सुविधाको लागि देउकी कृषि सहकारी संस्थाले वडा नं. ५ को पहरुवा, भुल्के, चित्रिकोट र करङ्गे साथै ६ नं. वडाको पत्थरगढवा समेत, सिसहनियाँ साना किसान कृषि सहकारी संस्थाले वडा नं. ५ को कालापानी, कमलरोड र वजार क्षेत्र, छिमेकी कृषि सहकारी संस्थाले वडा नं. ५ को सिङ्गे, लठहवा र थकरीकोट क्षेत्र, नबप्रतिभा कृषि सहकारी संस्थाले वडा नं. ६ को पत्थरगढवा वाहेक पुरै र ७ नं वडाको जगपुर क्षेत्र, जय गुरुबाबा कृषि सहकारी संस्थाले वडा नं. ७ को जगपुर बाहेक पुरै क्षेत्र र सिसहनिया कृषि सहकारी संस्थाले वडा नं. ८ को पुरै क्षेत्रमा मल विक्रि वितरण गर्ने बताएका छन् ।

नेपाल सरकारद्धारा अनुदानमा उपलब्ध हुने रासायनिक मल राप्ती गाउँपालिका भित्रका कृषकहरुलाई कार्यालयबाट छनौट भएका सहकारीहरुको विक्री मुल्य सम्बन्धित कम्पनीबाट उपलब्ध हुने मुल्यमा लोड अनलोड वापत प्रति बोरा ५० केजीको रु १४ र ढुवानी खर्च र व्यवस्थापन खर्च वापत प्रति बोरा ५० केजीको रु ५० र गरी प्रति बोरा एकमुस्ठ रु .६४ मात्र थप गरि विक्री मुल्य निर्धारण गर्नुपर्ने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे