ब्राउन सुगर सहित तुलसीपुरबाट एक जना पक्राउ



ब्राउन सुगर सहित तुलसीपुरबाट एक जना पक्राउ

तुलसीपुर १७ मंसिर । तुलसीपुरबाट ३ सय ११ मिलिग्राम ब्राउन सुगर सहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । मंगलबार बेलुका साढे ४ बजेतिर तुलसीपुर उपमहानगरपालिका ५, (ख) लाईनबाट ब्राउन सुगर बिक्रि भई रहेको भन्ने गोप्य सुचनाका आधारमा एक जनालाई पक्राउ गरेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ हात्तीखौवा निवासी राजेश नेपाली रहेका छन् । ईलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक झलक शर्माको कमाण्डमा खटिएको प्रहरी टोलीले संकास्पद रुपमा हिडी रहेको अवस्थामा पक्राउ गरेको थियो ।

उनको साथबाट प्रहरीले १० रुपैयाँको नोटमा बेरी ३ वटा प्लाष्टिकको पुडिया र उनको कोठाबाट २ वटा पुडिया सहित ३ सय ११ मिलिग्राम ब्राउन सुगर बरामद गरेको छ । नेपालीलाई हिरासतमा राखी थप अनुसन्धान भई रहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे