देउखुरीको मसुरीयामा गुडिरहेको गाडी माथि अपरिचित व्यक्तिद्धारा ढंगा प्रहार, गाडीमा आंसिक क्षेती



देउखुरीको मसुरीयामा गुडिरहेको गाडी माथि अपरिचित व्यक्तिद्धारा ढंगा प्रहार, गाडीमा आंसिक क्षेती

ओमप्रकाश गुप्ता, मसुरीया १७ मंसिर ।

दाङको देउखुरीमा गुडिरहेको एक गाडी माथि अपरिचित व्यक्तिले ढुंगा प्रहार गरेका छन् । राप्ती गाउँपालिका ३ मसुरीयामा नेपालगञ्ज देखि काठमाण्डौ जाँदै गरेको प्रदेश नम्बर ०३-०१-०६ ख ०९८३ नम्बरको बुलेट गाडी माथि गएराती साढे १० बजे एक अपरिचित व्यक्तिले ढंगा प्रहार गरेका थिए । ढंगा प्रहारबाट गाडीको साइडको माथिल्लो सिसा फुट्दा आंशिक क्षेती पुगेको प्रहरी चौकी मसुरीयाले जानकारी दिएको छ । ढंगा प्रहार गर्ने व्यक्ति अहिले फरार रहेको प्रहरीले बताएको छ ।

राप्ती गाउँपालिका ३ मसुरीया स्थित समरागी होटलमा खाना खाएर काठमाण्डौ हिडेको उक्त गाडी करिव ७५ मिटर अगाडी गइसकेको अवस्थामा ती अपरिचित व्यक्तिले ढुंगा प्रहार गरेका थिए । ढंगा हान्ने व्यक्तिको खोजी कार्य जारी रहेको प्रहरीले बताएको छ । ढुंगा प्रहार गर्नु भन्दा पहिले ती अपरिचित व्यक्ति होटलमा आइ गाडीका यात्रु सँगै खाना खान भनि होटलको काउन्टरमा गएको र होटल सञ्चालकले यो खान खाने ठाउँ होइन तल जानु भन्दा जिद्दी गरेपछि होटल सञ्चालक सँग सामान्य भनाभन भएको थियो । त्यसपछि ती व्यक्ति त्यहाँबाट गएको होटल सञ्चालक विष्णुप्रसाद तिवारीले जानकारी दिए । खान खान नपाएको रिसले गाडीमा ढंगा हानेको हुन सक्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे