LISTEN LIVE RADIO

लमहीकाे ८५ करोड र राजपुरकाे ६१ करोड बढीकाे बजेट प्रस्तुत



लमहीकाे ८५ करोड र राजपुरकाे ६१ करोड बढीकाे बजेट प्रस्तुत

लमही १० असार । दाङ लमही नगरपालिका र राजपुर गाउँपालिकाले नीति तथा कार्यक्रम संगै आर्थिक बर्ष २०८०÷०८१ को बजेट प्रस्तुत गरेका छन् । लमहीले ८५ करोड बढीको वजेट प्रस्तुत गर्दा राजपुर गाउँपालिकाले ६१ करोड बढीकाे बजेट प्रस्तुत गरेको छ । लमही नगरपालिकाका उपप्रमुख लक्ष्मी योगीले ८५ करोड ४५ लाख ७६ हजार ८ सय १९ रुपैयाँको वजेट प्रस्तुत गरिन् ।

त्यस्तै राजपुर गाउँपालिकाकी उपाध्यक्ष धनपतीदेवी यादवले ६१ करोड १८ लाख ९८ हजार ७ सय ८५ रुपैयाँको बजेट प्रस्तुत गरिन् । चालु तर्फ ४४ करोड ९५ लाख ३६ हजार ७ सय ८९ र पुँजीगत तर्फ १६ करोड २३ लाख ६२ हजार रुपैयाँको बजेट प्रस्तुत गरिएको छ । आर्थिक विकास तर्फ ६ करोड ५२ लाख ६५ हजार रुपैयाँ बजेट प्रस्ताव गरिएको छ ।

खस्कदै गरेको शैक्षिक गुणस्तरलाई उकास्नेगरी सामुदायिक विद्यालयले प्रदान गरेका सेवालाई प्राथमिकतामा राखिएको छ । लोपन्मुख, अल्पसंख्यक, जेहेन्दार र अति विपन्न वर्गका सामुदायिक विद्यालमा अध्ययनरत बालबालिकाहरुको लागी स्नातक सम्म शिक्षालाई क्रमस निःशुल्क पठनपाठनको व्यवस्थाप मिलाइने, गरिब तथा जेहेन्दार विद्यार्थीको लागी एमविविएस अध्ययन गर्न छात्रवृत्ति प्रदान गर्ने, जीवन पर्यन्त शिक्षालाई निरन्तरता दिन सामुदायिक सिकाई केन्दहरुलाई प्रविधिमैत्री साक्षरता अभियान सञ्चालन गर्ने नीतिमा उल्लेख छ ।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे