LISTEN LIVE RADIO

गढवाको बजेट ६३ करोड १४ लाख ५७ हजार



गढवाको बजेट ६३ करोड १४ लाख ५७ हजार

गढवा १० असार । देउखुरीको गढवा गाउँपालिकाले आगामी आर्थिक बर्षको बजेट तथा कार्यक्रम गाउँसभाको १३ औं अधिवेशन मार्फत आईतबार सभामा प्रस्तुत गरेको छ । गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको अध्यक्षतामा भएको गाउँसभामा गाउँपालिकाका उपाध्यक्ष शारदा कुमारी चौधरीले पालिकाको आर्थिक बिधेयक र बजेट तथा कार्यक्रम सभामा प्रस्तुत गरेकी हुन् ।

यसैगरी गढवा गाउँपालिकाले १३ औं गाउँसभाको अधिवेशन मार्फत बिभिन्न कानून तथा बिधेयकहरु छलफलका लागि प्रस्ताव गरिएको गाउँपालिकाका बिधेयक समितिका संयोजक तथा वडा नम्बर ५ का अध्यक्ष लेखबहादुर थापाले जानकारी दिए । संयोजक थापाले बिनीयोजन बिधेयक, शिक्षा सम्बन्धि बिधेयक, बरगर प्रणाली ब्यवस्थापन बिधेयक र नगर प्रहरी ब्यवस्थापन गर्न बनेको बिधेयक अध्ययन तथा छलफलका लागि सभामा प्रस्तुत गरेका छन् ।

गढवा गाउँपालिकाले संघ तथा प्रदेश सरकारबाट बिनियोजित शसर्त अनुदान, बिशेष अनुदान र समपुरक अनुदान गरि कुल ६३ करोड १४ लाख ५७ हजार १ सय ७२ को प्रस्तावित बजेट सभामा पेश गरेको छ । जस अन्र्तगत शिक्षा,युवा तथा खेलकुद तर्पm ८२ लाख, गाउँपालिकाको प्रशासनिक तथा चालु खर्च तर्फ १३ करोड ५९ लाख ९७ हजार, कृषि तर्फ बिशेष योजनाका साथ १ करोड ५३ लाख, स्वास्थ्य तर्फ ९३ लाख, महिला, बालबालिका, जेष्ठ नागरिक र अपांगता भएका नागरिक तर्फ बिविध कार्यक्रम सहित ५३ लाख ९५ हजार, वन वातावरण, फोहरमैला ब्यवस्थापन र पर्यटन प्रबर्धन तर्फ ३० लाख, न्याय सम्पादन तर्फ ७ लाख, पञ्जीकरण तर्फ ३ लाख, पशु बिकास तथा मत्स्य प्रबर्धन तर्फ ५२ लाख २० हजार र सहकारी ब्यवस्थापन तर्फ १० लाख बजेट सभामा बिनियोजनका लागि प्रस्ताव गरिएको छ ।

त्यस्तै आर्युवेद औषधालय ब्यवस्थापन गर्न १५ लाख, बिपद ब्यवस्थापनमा १ करोड, गाउँपालिका स्तरका साना बिकास योजना तथा कार्यक्रमकालागि ७६ लाख ६५ हजार, गौरबका योजनाहरु सञ्चालन गर्न १ करोड ५० लाख, समपुरक कोष अन्तर्गत कार्यक्रम सञ्चालन गर्न ३ करोड ४२ लाख १५ हजार, वडागत प्रोत्साहन तर्फ आठवटै वडाको ९८ लाख र वडागत बिकास बजेट आठवटै वडाहरुको समग्रमा कुल ५ करोड ५९ लाख रकम बिनियोजनका लागि सभामा प्रस्ताव गरिएको गाउँपालिकाले जनाएको छ । सभामा प्रस्तुत गरिएका बिधेयकहरु र बजेट तथा निती कार्यक्रमहरु बारे मंगलबारदेखि दफावार छलफलका साथ पारित गर्दै जाने कार्यक्रम तय गरिएको गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोखे्रलले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे