LISTEN LIVE RADIO

बैंकिङ कारोबारका विषयमा राप्ती चेम्बरले चलायो छलफल



बैंकिङ कारोबारका विषयमा राप्ती चेम्बरले चलायो छलफल

भालुवाङ ९ असार । दाङको देउखुरी क्षेत्रका बैंकहरू सँग राप्ती गाउँपालिका चेम्बर अफ कमर्सले बैंकिङ कारोबारका विषयमा छलफल गरेको छ ।

चेम्बरले शनिबार आफ्नै कार्यालय सिसहनियाँमा परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरि बैंकिङ कारोबारका विषयमा छलफल गरेको हो । चेम्बरका अध्यक्ष नेमलाल बेल्वासेको अध्यक्षतामा भएको कार्यक्रममा बैंकको व्याजदर, ऋण प्रवाह, चेक बाउन्स र सामाजिक उत्तरदायित्व अन्तरगत गर्न सकिने कार्यक्रमका विषयमा छलफल भएको थियो ।

छलफलमा चेम्बरका पदाधिकारी तथा व्यापारीहरूले आ-आफ्ना समस्या तथा गुनासो राखेका थिए । त्यसको जवाफ बैंकका शाखा प्रमुखहरूले दिएका थिए । कार्यक्रममा देउखुरी क्षेत्रका विभिन्न प्रकृतिका बैंकका शाखा प्रमुख तथा कर्मचारीहरूको सहभागीता रहेको थियो । चेम्बरका प्रथम उपाध्यक्ष श्यामा रावतको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सञ्चालन चेम्बरका प्रेस सल्लाहकार ओमप्रकाश गुप्ताले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे