माैरीघाटमा अटो र मोटरसाइकल एक आपसमा ठोक्किदा १ जनाको मृत्यु ३ जना घाइते



माैरीघाटमा अटो र मोटरसाइकल एक आपसमा ठोक्किदा १ जनाको मृत्यु ३ जना घाइते

भालुवाङ २१ जेठ । दाङको देउखुरीमा अटो र मोटरसाइकल एक आपसमा ठोक्किएर १ जनाको मृत्यु ३ जना घाइते भएका छन् ।

लमही- भालुवाङ सडक खण्डको राप्ती गाउँपालिका वडा नम्बर ४ माैरीघाटमा आज दिउँसो १२:३० बजेको समयमा पुर्वबाट पश्चिम तर्फ गइरहेको भे १२ प ७५०४ नम्बरको मोटरसाइकल र पश्चिमबाट पुर्व गइरहेको रा १ ह ५६०१ नम्बरको तरकारी बाेकेकाे अटो एक आपसमा ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा परि अटो चालक घोराही ५ निवासी ३१ वर्षिय किरण रोकाको मृत्यु भएको छ । घाइते भएका रोकालाई उपचारका लागि सिसहनियाँ स्वास्थ्य चाैकीमा ल्याए लगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए ।

त्यस्तै दुर्घटनामा परि अटोमा सवार घोराही १८ मसिना निवासी ५० वर्षिय दिलसरा बादी, मोटरसाइकल चालक राप्ती गाउँपालिका ३ बसन्तपुर निवासी ३४ वर्षिय दोर्णबहादुर चाैधरी, मोटरसाइकलमा सवारमा सोही ठाउँ निवासी २६ वर्षिय सुन्दर चाैधरी घाइते भएको इलाका प्रहरी कार्यालय भालुवाङले जानकारी दिएको छ । घाइते मध्ये मोटरसाइकलका घाइते दुवै जनालाई सिसहनियाँ स्वास्थ्य चाैकीमा सामान्य उपचार पछि थप उपचारका लागि नेपालगन्ज र अटोमा सवार दिलसरा बादीलाई थप उपचार लागि घोराही पठाएको प्रहरीले बताएको छ । अटो र मोटरसाइकल तिव्र गतिमा रहेको कारण दुर्घटना भएको हुन सक्ने प्रहरीले बताएको छ । अटो र मोटरसाइकल प्रहरीको नियन्त्रणमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे