गायिका टिका सानुको नेतृत्वमा बनेको घर अशक्त विक परिवारलाई हस्तान्तरण



तुलसीपुर २० जेठ ।  दाङको तुलसीपुर उपमहानगरपालिका ७ स्थित ग्वारखोला पुल नजिकै निर्माण गरिएको नवनिर्मीत घर अशक्त एवम् असहाय चन्द्रलाल विकको परिवारलाई आज एक कार्यक्रमका बिच हस्तान्तरण गरिएको छ ।

चर्चित लोक दोहोरी गायीका तथा समाजसेवी टिका सानुको नेतृत्व, क्यानडामा बस्दै आउनु भएकी पुर्व पत्रकार एवम् समाजसेवी सन्जु केसीको आर्थीक सहयोग र अनलाईन पत्रकार संघ नेपाल दाङ शाखा अध्यक्ष एच.आर मगर र सचिव भिम वली (एसबी) लगाएत दाङ शाखा टिमको सहकार्यमा निर्माण गरिएको उक्त घर आज अशक्त विकको परिवारलाई हस्तान्तरण गरिएको हो । घर हस्तानतरण कार्यक्रमलाई सम्बोधन गर्दै गायीका टिका सानुले सानै देखी आफुले पनि धेरै दुःख पिडा भोगेर यहाँ सम्म आएको भन्दै अहिले गरिब दुखीको पिडा हेरेर बस्न नसक्ने बताइन् ।

कार्यक्रमको संयोजक समेत रहनुभएकी गायीका टिका सानुले मान्छे भएर जन्मेपछि सधै सत्कर्मको बाटोमा हिडेपछि मात्रै मानवताको जिम्मेवारी पुरा गर्न सकिन्छ भन्ने उदेश्यका साथ आफुले दिनदुखीहरुलाई सहयोग गर्दै आएको बताइन् । चन्द्रलाल विकको घर निर्माण अभियानमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहयोग गर्ने सबैलाई धन्यबाद दिदै उहाले आगामी दिनहरुमा पनि अन्य अशक्त असहायहरुलाई सबैले सक्दो सहयोग गर्न आग्रह समेत गरेकी छिन् ।

सो अवसरमा तुलसीपुर उपमहानगरपालिका ७ का वडाअध्यक्ष राम बहादुर जिसीले असक्त असायहरुलाई सहयोग गर्नु राम्रो काम भएको बताए । कार्यक्रमको प्रमुख अतिथी समेत रहनुभएका वडाअध्यक्ष जिसीले घरवास नभएका असक्तको घर निर्माणमा सहयोग गर्ने गायीका टिका सानु र अनलाइन पत्रकार संघ दाङ शाखा लगाएतको टिमलाई धन्यबाद दिदै आगामी दिनमा पनि यस्ता कामका लागी आवश्यक परेको खण्डमा वडाको तर्फबाट आफुले पनि सक्दो सहयोग गर्न तयार रहेको बताए । यस्तै अनलाइन पत्रकार संघ नेपाल दाङ शाखाका अध्यक्ष एच.आर मगरले गरिब दुखीहरुलाई सबैले सहयोग गर्न आवश्यक रहेको बताए । उनले जनताको सेवा सरकारले मात्रै गर्नुपर्छ भन्ने भ्रमलाई चिर्दै आ(आफ्नो स्थानबाट असक्त असायहरुलाई सबैले सहयोग गर्नुपर्नेमा जोड दिए।

(सहयोगीहरुको नामावली)

धेरै चुनौतीका बिचमा पनि आफुहरु असक्त चन्द्रलालको घर निर्माण गर्न सफल भएको भन्दै उनले मनले चाहाने हो भने असम्भव भन्ने कुरा केही नभएको बताए । साथै उनले घर निर्माणमा सहयोग गर्ने सम्पुर्णलाई धन्यबाद दिदै आगामी दिनमा पनि सहयोगको अपेक्षा लिएको बताए। सो अवसरमा घर निर्माणमा मिडियाको तर्फबाट आफ्नो भुमिका निर्बाह गर्ने पत्रकारहरुलाई सम्मान समेत गरिएको थियो भने अन्य क्षेत्रबाट प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहयोग गर्ने व्यक्तीहरुलाई पनि सम्मान गरिएको थियो । अनलाइन पत्रकार संघ दाङ शाखा अध्यक्ष एभ.आर मगरको सभाध्यतामा भएको घर हस्तान्तरण कार्यक्रमको सहजीकरण सचिव भिम वली (एसवी) ले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे