राप्ती प्रविधिक शिक्षालयकाे जग्गा र संरचना प्रदेश सरकारले उपयोग गर्ने मन्त्री परिषद्काे निर्णय



राप्ती प्रविधिक शिक्षालयकाे जग्गा र संरचना प्रदेश सरकारले उपयोग गर्ने मन्त्री परिषद्काे निर्णय

सन्ताेषकुमार गुप्ता, भालुवाङ १५  मंसिर ।

लुम्बिनी प्रदेशकाे मन्त्री परिषद् बैठकले स्थायी राजधानीको जग्गा प्राप्तिको लागि प्रकृया सुरु गरेको छ। मुख्यमन्त्री शंकर पोख्रेलको अध्यक्षतामा बसेको मन्त्री परिषद्को बैठकले स्थायी राजधानीको लागि जग्गा प्राप्तिको प्रकृया सुरु गरेको हाे ।

मन्त्री परिषद् बैठकले राप्ती प्रविधिक शिक्षालयलाई सरस्वति माबि गोवर्डिहामा स्थानान्तरण गरी शिक्षालयकाे जग्गा र संरचना प्रदेश सरकारले उपयोग गर्न स्विकृती प्रदान गर्ने निर्णय गरेकाे छ । राप्ती प्रविधिक शिक्षालय लालमटियामा १७ बिगाह १९ कट्ठा जमिन प्रदेश सरकारको उपयोगको लागि केन्द्र सरकारसँग माग गर्ने निर्णय भएको मुख्यमन्त्री पोख्रेलको स्वकीय सचिव सुरेश गौतमले जानकारी दिएका छन् । राप्ती प्रविधिक शिक्षालयलाई सरस्वति माबि गोवर्डिहामा स्थानान्तरण गर्न स्विकृती प्रदान गर्ने निर्णय समेत गरेकाे छ।

मन्त्री परिषदको बैठकले राजधानी समिति सबै कामलाई अघि बढाउन आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसीको संयोजकत्वमा विभिन्न मन्त्री र सचिवहरु रहेको निर्देशक समिति गठन गरेको छ।

यसैगरी शिक्षालयमै पूर्वाधार विकास प्राधिकरणको कार्यालय स्थापना गर्ने निर्णय समेत बैठकले गरेको छ। केही दिन भित्र प्राधिकरणको कार्यालय राखिने छ । गत असोज २० गते प्रदेश सभाको बैठकले प्रदेश नं. ५ को नाम लुम्बिनी प्रदेश र स्थायी राजधानी राप्ती उपत्यका देउखुरी राख्ने निर्णय गरेको थियो।

स्थायी राजधानीमा प्रदेश सभाको बैठक राख्ने तयारी गरिएको थियो। सभमुख पूर्णबहादुर घर्ती, उपभामुख कृष्णी थारु, आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसी लगायतको टोलीले राप्ती प्राविधिक शिक्षालय रहेको क्षेत्रको अनुगमन गरेको थियो। जग्गा र संरचना प्रदेश सरकारलाई प्राप्त भए प्रदेश सभाको सबै काम अघी बढाउन सकिने निष्कर्ष निकालिएको थियो।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे