LISTEN LIVE RADIO

अपाङ्गता भएका व्यक्तिहरूलाई जिविकाेपार्जन संग जाेड्न माग



भालुवाङ ४ जेष्ठ । अपाङ्गता भएका व्यक्तिहरूकाे समावेशी, जिविकाेपार्जन तथा नीति तर्जुमा सम्बन्धी प्रदेशस्तरिय अन्तरक्रिया कार्यक्रम आज लुम्बिनी प्रदेशकाे राजधानीस्थल राप्ती उपत्यकाकाे भालुवाङमा सम्पन्न भएकाे छ । अपाङ्ग शसक्तिकरण एवम् सञ्चार केन्द्र बाँकेकाे आयाेजना एवम् सिबिएम नेपालकाे आर्थिक सहयाेग तथा राष्ट्रिय अपाङ्ग महासंघ लुम्बिनी प्रदेशकाे समन्वयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएकाे हाे ।

राष्ट्रिय अपाङ्ग महासंघ लुम्बिनी प्रदेश अध्यक्षका हुमनाथ अधिकारीकाे अध्यक्षता एवम् लुम्बिनी प्रदेशका कृषि, भूमि व्यवस्था मन्त्रालयका सचिव यमनारायण देबकाेटाकाे प्रमुख आतिथ्यतामा प्रदेश सरकारले बनाउने नयाँ बजेटमा अपाङ्गता भएका व्यक्तिहरूलाई जिविकाेपार्जन संग जाेड्न र आवश्यक बजेटकाे व्यवस्था गर्ने उद्देशले अन्तरक्रिया गरिएकाे आयाेजकले जनाएकाे छ ।

कार्यक्रममा लुम्बिनी प्रदेश समाजिक विकास शाखा प्रमुख शारदा बस्याल र डेक नेपालका प्रतिनिधि पारस विकले अपाङ्गताका सवालमा सरकारले गरेकाे काम, वर्तमान अवस्था, चुनाैती र भावी याेजना लगायतका बिषयमा प्रस्तुतिकरण गरेका थिए।

अपाङ्ग शसक्तिकरण एवम् सञ्चार केन्द्रका उपाध्यक्ष इन्द्र शेरचनकाे स्वागत मन्तव्यबाट शुरू भएकाे कार्यक्रममा बाेल्ने बक्ताहरूले अपाङ्गता भएका व्यक्तिहरूलाई अब राज्यले सीप र आयआर्जन संग जाेड्न सके मात्र अपाङ्गता भएका ब्यक्तिहरूकाे सही व्यवस्थापन हुने बताएका थिए । त्यसका लागि प्रदेश र स्थानीय सरकारले थप याेजना बनाउनुपर्ने बताएका थिए ।

अन्तरक्रिया कार्यक्रममा बाँकेकाे बैजनाथ गाउँपालिकाकी उपाध्यक्ष निर्मला राेकाय, काेहलपुर नगरपालिकाका समाजिक विकास समिती संयाेजक
ईश्वरीप्रसाद विश्वकर्मा, काेहलपुर नपास्तरिय अपाङ्ग सञ्जालकी अध्यक्ष, कमलादेवी सापकाेटा र बैजनाथ गाउँपालिका स्तरिय अपाङ्ग सञ्जालकी अध्यक्ष देबिसरा बुढा लगायतका बक्ताले आ-आफ्नाे भनाई राखेका थिए।

कार्यक्रमकाे सहजीकरण महासंघका संघीय अध्यक्ष देबिदत्त आचार्यले गरेका थिए भने कार्यक्रमकाे
सञ्चालन डेक नेपालका जनवकाल संयाेजक धिरेन्द्र विश्वकर्माले गरेका थिए। हाल लुम्बिनी प्रदेशभरि दश प्रकारका अपाङ्गहरू गरी जम्मा एक लाख २१ हजार २ सय ८९ जना रहेकाे तथ्यांक रहेकाे छ ।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे