LISTEN LIVE RADIO

दाङ-देउखुरीकाे राजपुर स्थित राप्ती नदीकाे मटेरियाघाटमा अझै राेकिएन उत्खनन् (भिडियाे सहित)



देउखुरी ४ जेष्ठ । दाङ-देउखुरीकाे राजपुर गाउँपालिका-२ स्थित राप्ती नदीकाे मटेरियाघाटमा आज पनि अबैध तरिकाले मनाेमनाे ढंङ्गबाट उत्खनन् जारी छ । स्थानीय राजनितिककर्मी हेमकुमार जिसीका अनुसार मटेरियाघाटमा आज बिहिबार पनि आधा दर्जन बढी स्काभेटर र दर्जनाैँ टेक्टर र ट्रिप प्रयाेग भएकाे छ ।

मंगलबार हिजाे राप्ती प्रेस मञ्च र दाङ-देउखुरी वातावरण संरक्षण पत्रकार मञ्चका पत्रकारहरूले उत्खनन् स्थल मटेरियाघाटमा रिपोर्टिङ्गका लागि पुग्दा भागभाग नै भएकाे थियाे । तर आज बिहानै देखि फेरि दर्जनाैँ ट्रिपर, टेक्टर र स्कारभेटर प्रयाेग भएकाे छ । दिनदाहाडै यसरी नदीजन्य पदार्थ उत्खनन् हुँदा समेत स्थानीय सरकार, प्रशासन र जिम्मेवार निकाय माैन भएकाे स्थानीयबासीहरूले आराेप लगाएका छन् ।

स्थानीयका अनुसार जनप्रतिनिधि, स्थानीय सरकार, प्रशासन सबैकाे मिलाेमताेमा यसरी दिनदाहाडै उत्खनन् भईरहेकाे आराेप समेत लगाएका छन् ।

(उत्खनन् स्थलबाट स्थानीय राजनितिककर्मी हेमकुमार जिसीले अहिले भरखरै पठाउनु भएकाे भिडियाे जस्ताकाे त्यस्तै राखेका छाैँ याे हेर्नुस् पूरा भिडियाे)

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे