LISTEN LIVE RADIO

पहरुवाबाट अवैध सिसौ जातको १५ गोलिया काठ सहित ट्याक्टर चालक पक्राउ



भालुवाङ २ जेठ । दाङको देउखुरीमा अवैध सिसौ जातको १५ गोलिया काठ सहित ट्याक्टर चालक पक्राउ परेका छन् ।

सोमवार राती ११ बजेको समयमा इलाका प्रहरी कार्यालय भालुवाङबाट प्रहरी हवल्दार बसन्त खड्काको कमाण्डमा खटिएको टोलीले राप्ती गाउँपालिका वडा नम्बर ५ पहरुवा बस्ने वर्ष २४ का ट्याक्टर चालक शिवप्रसाद चौधरीलाई नियन्त्रणमा लिएको छ ।

देउकी सामुदायिक वनबाट पहरुवा तर्फ आउँदै गरेको लु ४ त ८८५१ नं. को ट्याक्टरलाई चेक जाँच गर्ने क्रममा ट्याक्टरमा लोड गरी ल्याएको सिसौ जातको १५ गोलिया (अन्दाजी ४४क्युफिट बराबरको) काठ सहित ट्याक्टर र चालक चौधरीलाई प्रहरीले आफ्नो नियन्त्रणमा लिई मंगलवार बन डिभिजन कार्यालय लमहीमा बुझाएको इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरिक्षक उज्जवल सिंहले जानकारी दिएका छन् ।

पक्राउ परेका चौधरी माथि वन डिभिजन कार्यालय लमही देउखुरीले अनुसन्धान सुरु गरेको डिभिजनल अधिकृत राजु क्षेत्रीले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे