LISTEN LIVE RADIO

गढवामा काठ ओसारपसारमा संलग्न फरार प्रतिवादी करिब १० वर्षपछि पक्राउ



गढवा २ जेठ । ईलाका प्रहरी कार्यालय गढवाले अवैध रुपमा सालको काठ ओसार पसारमा संलग्न फरार प्रतिवादीलाई करिब १० वर्ष पछि पक्राउ गर्न सफल भएको छ । पक्राउ पर्नेमा गढवा गाउँपालिका वडा नं. ४ पर्सा निवासी ३६ वर्षीय रेवती चौधरी रहेका छन् ।

चौधरीलाई दाङ देउखुरी जिल्ला अदालतको २०७० पुस १६ गतेको फैसलाले तीन महिना कैद र ९ हजार ७०६ रुपैया ६६ पैसा जरिवाना तोकेको थियो । अदालतको फैसलापछि लुकिछिपी बस्दै आएका चौधरीलाई मंगलबार बेलुका ६ बजे उनकै घरबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरिक्षक राजन गौतमले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे