LISTEN LIVE RADIO

भ्रष्टचारीहरुलाई फाँसीको माग गर्दै भालुवाङमा प्रदर्शन



भ्रष्टचारीहरुलाई फाँसीको माग गर्दै भालुवाङमा प्रदर्शन

भालुवाङ २ जेठ । दाङको राप्ती गाउँपालिका १ भालुवाङ पुल्चोकमा भ्रष्टचार विरुद्ध प्रदर्शन गरिएको गरिएको छ ।

भ्रष्टाचार विरुद्ध एक हौं : भ्रष्टाचार ढाकछोप विरुद्ध सचेत रहौं, प्रहरीको सक्रियतालाई धन्यवाद भनौं भन्ने मुल नाराका साथ राप्ती प्रेस मञ्चको अगुवाईमा नागरिक समाज राप्ती, आशाका किरण संस्था र इन्द्रेणी युवा क्लव भालुवाङ र स्वाभीमान युवा क्लव कालाकाटेको संयुक्त आयोजनामा प्ले कार्ड प्रदर्शन सहित पुल्चोक बजार परिक्रमा गरि कृष्णसेन इच्छुक चोकमा आएर कोणसभा कार्यक्रम सम्पन्न भएको थियो ।

कोणसभालाई सम्बोधन गर्ने वक्ताहरुले भ्रष्टचारीहरुलाई फाँसी दिने कानुन नबनाउँदा सम्म देशमा सुशासन कायम हुन नसक्ने र भ्रष्टचार अझै बढ्दै जाने बताएका थिए । पछिल्लो समय भुटानी शरणार्थी प्रकरण, ललिता निवास काण्ड, वाइडबडी काण्ड लगायत सवै खाले भ्रष्टचारका फाइल पल्टाएर सवैलाई कानुनको दायरामा ल्याउन समेत उनीहरुले माग राखेका छन् ।

साथै उनीहरुले भ्रष्टचारमा संलग्न जो कोहीलाई पनि राजनीतिक आडमा छुट दिन नहुँने तथा हदै सम्मको कारवाही प्रकृयामा सरकारले खुट्टा कमाउन नहुने बताएका थिए । सभालाई नागरिक समाज देउखुरीका निवर्तमान संयोजक दामोदर भण्डारी, राप्ती प्रेस मञ्का वरिष्ठ उपाध्यक्ष सन्तोष कुमार गुप्ता, आशाका किरण संस्थाका अध्यक्ष अशोक बेल्वासे लगायताका वक्ताहरुले सम्बोधन गरेका थिए । मञ्चका अध्यक्ष अर्जुन अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन मञ्चका महासचिव ओमप्रकाश गुप्ताले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे