प्रेमले परिवारलाई बुलेट बाईक किन्न लगाएर आफू भने बाकसमा फर्किए



प्रेमले परिवारलाई बुलेट बाईक किन्न लगाएर आफू भने बाकसमा फर्किए

तुलसीपुर १५ मङ्सिर । दाङ तुलसीपुरका प्रेम केसीले इण्डियावाट फोन गरि आफ्नो घर परिवारलाई बुलेट बाईक किन्न लगाए । उनको इच्छा पुरा गर्न मंसिर ११ गते घर परिवारले उनकै लागि भनेर बुलेट बाईक किनेर घर ल्याइदिए ।

तर, दूभाग्र्य प्रेम आफु भने शनिवार मध्य राति बाकसमा घर फर्किए । इण्डियन आर्मीमा कार्यरत उनले आफु मंसिर २० गते छुट्टि लिएर घर विदामा आउन लागेको बताएका थिए । घर बिदामा आउँदा उनले आफ्नो लागि चढ्नलाई बुलेट बाईक किनेर राख्न लगाए ।

तर, उनी त्यो बुलेट बाइक कुदाउने गरि फर्किएनन् । बरु बाकसमा श’व बनेर फर्किए । ‘भाईको इच्छा अनुसार घर परिवारले बुलेट बाईक किनेर अघिल्लो दिन घर ल्याऔं,’ दाजु नाता पर्ने तुलसी केसीले भने ‘ दोस्रो दिन एका विहानै उस्ले आतं’ककारी हम’लामा परि संसार छोडे छ ।’

प्रेमले ५ तारिकमा आफ्नो बिदा हुने र त्यसपछि घर आउने बताएका थिए । घर बिदामा आउँदा बुलेट बाईक चढ्ने उनको चाहाना भने पुरा हुन पाएन । प्रेमले बाईक किनेको दिन राति पनि आमा, बुवा, परिवार र छोरा छोरीसंग भिडियो सम्वाद गरेको दाजु तलसीले जानकारी दिए ।

सैबीच प्रेमको शव आइतवार गृह जिल्ला दाङमा हिन्दुपरम्परा अनुसार अन्तेष्टि गरिएको छ । उनको शव शनिवार मध्य रातमा घर ल्याइएको थियो ।

परिवारसँग घुम्ने योजना अधुरै

बिहीबार राति ११ बजेसम्म प्रेमबहादुर खत्री बुबा र श्रीमतीसँग भिडियो कलमा कुराकानी गर्दै थिए । चार वर्षदेखि अमेरिकामा रहेका भाइ लोकराज पनि कुराकानीमा जोडिएका थिए । अन्त्यमा ‘अब मेरो ड्युटी सुरु हुन्छ, हजुरहरू सुत्नुहोस्, घर आउन धेरै दिन बाँकी छैन, घर आएर घुमौंला, रमाऔंला’ भन्दै उनी छुट्टिएका थिए । केही दिनपछि बिदामा घर आउने र परिवारसँगै घुम्ने, रमाउने योजना शुक्रबार बिहान उनीसँगै अस्तायो ।

भारतको जम्मु–कश्मीरमा ड्युटीमा रहेका बेला शुक्रबार बिहान ५ बजेतिर कारमा आएका पाकिस्तानी सेनाले गोली हानी प्रेमको हत्या गरे । सुरुमा प्रेमलाई गोली लागेको भनेर श्रीमती भगवतीलाई फोन आयो । पछि बुबा लालबहादुरले फोन गर्दा मृत्यु भइसकेको जानकारी पाए । त्यसपछि हतारहतार भारत गएका लालबहादुर शनिबार राति छोराको शव लिई तुलसीपुर उपमहानगरपालिका–९ बेलुवास्थित घर फर्किएका हुन् ।

छोरा प्रेमको शव जम्मु–कश्मीरबाट विमानमा लखनऊ ल्याएपछि त्यहाँबाट गाडीमा रातारात घर ल्याइएको लालबहादुरले बताए । भारतीय सेनामा १३ वर्ष बिताएका ३० वर्षीय प्रेमको केही वर्षपछि जागिरबाट अवकाश लिएर परिवारसँगै बस्ने योजना थियो । उनको घरमा मोटरसाइकल मात्रै छिर्ने गेट थियो, नेपाल फर्केपछि उनले गाडी किन्ने योजना सुनाएकाले धमाधम ठूलो गेट निर्माण भइरहेको छ । तर यी कुनै पनि सपना पूरा नहुँदै उनको मृत्यु भयो ।

‘भाग्यमा यति नै लेखेर आएको रहेछ । जागिर सकिन धेरै वर्ष बाँकी थिएन,’ भारतीय सेनाका अवकाश प्राप्त सुवेदार बुबा लालबहादुरले भने, ‘भाग्यले साथ नदिएपछि कसको के लाग्यो र ? अब जागिर सकिएपछि घरमा आएर काम गर्ने उसका धेरै योजनाहरू थिए, सबै सकिए ।’

जीवनको महत्त्वपूर्ण समय बाँकी रहँदै भएको उनको निधनले सबैलाई दुःखी बनाएको छिमेकी तुलसी केसीले बताए । ‘बुबाआमा, श्रीमती, छोराछोरी मात्र होइन, आफन्त र छिमेकीहरूलाई पनि सम्हाल्न कठिन भएको छ,’ उनले भने, ‘आमा र श्रीमती छिनछिनमा बेहोस भइरहेका छन् । डाक्टर ल्याएर उपचार गरिरहनुपरेको छ ।’ उनका ७ वर्षीया छोरी र ५ वर्षीय छोरा छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे