युथ्स अफ देउखुरीको उद्घाटन, विकृति रोकथाम गर्न युवाको भुमिका महत्त्वपूर्ण छ : चाैधरी



लमही १६ वैशाख । युथ्स अफ देउखुरीको उद्घाटन गरिएको छ । शनिवार लमहीमा एक कार्यक्रमका बीच लमही नगरपालिकाका नगर प्रमुख जोगराज चाैधरीले पानसमा बत्ती बालेर संस्थाको उद्घाटन गरेका छन् । संस्थाका अध्यक्ष माइकल बस्नेत अध्यक्षता एवम् लमही नगरपालिकाका नगर प्रमुख जोगराज चाैधरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै नगरप्रमुख चाैधरीले समाजमा हुने हरेक किसिमका विकृति र विसंगति रोक्न युवाको भुमिका महत्त्वपूर्ण हुने बताएका छन् । देश चलाउने युवा भएकाले युवा बाट मात्र समाज परिवर्तन सम्भव भएकोले सवै युवा जागरुक हुन जरूरी रहेको बताएका थिए ।

संस्थाका सचिव प्रशान्त बसेलको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रममा युथ्स अफ तुलसीपुरका अध्यक्ष अरूण लहरे, देउखुरी टुडे डटकमका कार्यकारी सम्पादक ओमप्रकाश गुप्ता लगायतका वक्ताहरूले शुभकामना कामना मन्तव्य व्यक्त गरेका थिए । सो अवसरमा हालै देउखुरी क्षेत्रमा गठन गरिएको युथ्स देउखुरीका पदाधिकारी तथा सदस्यहरूलाई प्रमाणपत्र समेत प्रदान गरिएको छ । भने शनिवारनै बसेको बैठकले संस्थाको प्रेस सल्लाहकारमा ओमप्रकाश गुप्तालाई राख्ने निर्णय समेत गरेको छ ।

कार्यक्रमको सञ्चालन कार्यक्रम संयोजक अनुप बुढाले गरेका थिए । २०७७ साथमा तुलसीपुरमा स्थापना भएको संस्थाले हालै देउखुरी क्षेत्रमा आफ्नो शाखा विस्तार गरेको छ । नेपाल अधिराज्यभर कार्यक्षेत्र बनाएको संस्थाले युवा उद्यमशिलता, युवा स्वरोजगार, लागू आैषध, खेलकुद, सामाजिक तथा साँस्कृतिक कार्यक्रम समेत गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे