देउखुरीको फल्कापुरमा एक नाबालक सहितको परिवारले कष्टकर जिवन बिताउँदै



देउखुरीको फल्कापुरमा एक नाबालक सहितको परिवारले कष्टकर जिवन बिताउँदै

श्रवण बस्नेत, मंसिर १४ लमही ।

दाङको देउखुरीमा एक नाबालक सहितको परिवारले कष्टकर जिवन बिताउँदै आएको छ । लमही नगरपालिका वडा नम्बर ३ फल्कापुरमा टिनले छाएको एउटा यस्तो सानो घर छ, जुन घरमा माथिबाट त्रिपालले ओत लगाएको छ ।

१ नाबालक सहित ३ जनाको परिवार बस्दै आएका छन् । टिनको छानोमा प्वाल परेपछि धेरै बर्ष पहिले देखि सोही पानी चुहिने घरमा उनीहरुको बाँस हुने गरेको छ । यति मात्रै होइन उनीहरुलाई स्थानीय सरकार कहाँ छ त्यो पनि आफु लाई थाहै नभएको बताएका छन् ।

लमही नगरपालिका वडा नम्बर ३ फल्कापुर निबासी ४५ बर्षका लौटन चौधरीको परिवारले यस्तो कष्टकर जिवन बिताइरहेका छन् । टिनले छाएको, सिटाले वारेको दुई कोठे घर छ । तर पनि टिन चुहिने भएपछि माथिबाट त्रिपाल लगाइएको छ । वर्षायाममा छानोबाट पानी चुहिन्छ, तलबाट चिसो आउछ ,मेरो घर अत्यन्तै जिर्ण भएको छ । गर्मीमा टिन तातेर बसि नसक्नु हुन्छ । बढो दुखका साथ कष्टकर रुपमा जिवनयापन गरिरहेको उनले जवाफ दिए ।

जनता आवास कार्यक्रम मार्फत हाम्रो देउखुरीमा पनि भबन बनेर पनि हस्तान्तरण भइरहेका छन तर पनि जनता आवास कार्यक्रम मार्फत हामी जस्ता पिडित नागरिकहरुलाई भबन बनाइदिन्छ रे भन्ने सुनेको छु, कहाँ र कसरी पाउने हो आफुलाई केही थाहा भएको उनले बताए । लौटनको परिवारले अहिले मजदुरी गरेर जसोतसो गुजारा चलाएको छ । उनीहरुको आफ्नो जग्गा नहुँदा ऐलानी जग्गामा बसोवास गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे