LISTEN LIVE RADIO

अध्यक्ष कप फुटबलको सेमिफाइनलका खेलहरु सम्पन्न



भालुवाङ २६ फागुन । दाङको राप्ती गाउँपालिकाको आयोजनामा बिहिवार देखि सञ्चालित अध्यक्ष कप फुटबल प्रतियोगिता कार्यक्रमको दोस्रो दिन शुक्रबार विभिन्न वडाहरु बिच सेमिफाइनलका खेलहरु सम्पन्न भएका छन् ।

शुक्रबार भएको सेमिफाइनल खेलमा पुरुष तर्फ वडा नम्बर ३ लाई २–० गोलले हराउँदै वडा नम्बर १ फाइनलमा प्रवेश गरेको छ । भने वडा नम्बर ४ लाई ३–० गोलले हराउँदै वडा नम्बर २ फाइनलमा पुगेको छ । त्यस्तै महिला तर्कको खेलमा वडा नम्बर ६ लाई पेनाल्टी मार्फत ३–२ गोलले हराउँदै वडा नम्बर २ फाइनलमा प्रवेश गरेको छ भने वडा नम्बर ५ लाई १–० गोलले हराउँदै वडा नम्बर १ फाइनलमा पुगेको वडा नम्बर २ का वडा अध्यक्ष तथा खेल सञ्चालन समितिका सदस्य पहलवान चौधरीले जानकारी दिएका छन् ।

भोली फाइनल खेलका लागि पुरुष तर्फ वडा नम्बर १ र २ भिड्ने छन् । भने महिला तर्फ पनि वडा नम्बर १ र २ बिच नै प्रतिस्पर्धा हुने भएको छ । खेल भोली विहान ७ बजे देखि शुरु हुने र फाइनलका सम्पूर्ण खेलहरु सम्पन्न गरिने शिक्षा, युवा तथा खेलकुद शाखाका शाखा प्रमुख तथा खेल सञ्चालन समितिका सदस्य सचिव विश्वास विकले जानकारी दिएका छन् । खेलकुदका विजेता र उपविजेता हुने खेलाडीहरुलाई क्रमश ४० र ३० हजार नगद सहित ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । खेलकुद कार्यक्रमको भोली नै समापन गरिने आयोजकले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे