स्वतन्त्र पत्रकार संघ लुम्बिनी प्रदेशले १२ जना पत्रकारलाई पुरुस्कृत गर्ने



स्वतन्त्र पत्रकार संघ लुम्बिनी प्रदेशले १२ जना पत्रकारलाई पुरुस्कृत गर्ने

दाङ १३ मंसिर । स्वतन्त्र पत्रकार संघ लुम्बिनी प्रदेश समितिले १२ जना पत्रकारहरुलाई पुरस्कृत गर्ने भएको छ । स्वतन्त्र पत्रकार संघ लुम्बिनी प्रदेश समितिको दाङकाे नारायणपुरमा  बसेको बैठकले लुम्बिनी प्रदेश अन्तर्गत कृयाशिल पत्रकारहरुलाई नगद् सहित प्रमाण पत्रले विभुषित गर्न लागेको बैठकपछि निर्णयहरु सार्वजनिक गर्दै प्रदेश सचिव बिन्दु घिमिरेले जानकारी दिइन् ।

स्वतन्त्र पत्रकार संघ लुम्बिनी प्रदेश समितिका अध्यक्ष बिष्णुकुमार देवकोटाको अध्यक्षतामा दाङमा बसेको बैठकले आउँदो माघको २३ र २४ गते राष्ट्रियस्तरको “पत्रकार स्वतन्त्र किन बन्ने ” बिषयक बृहत् अन्तरकृया कार्यक्रम गर्ने निर्णय समेत गरेको छ ।

बैठकले स्वतन्त्र पत्रकार संघ प्रदेश समितिका सल्लाहकारहरुलाई सम्मान गर्ने, स्वतन्त्र पत्रकार संघका सबै जिल्लाका अध्यक्षहरुलाई कदर पत्रले सम्मान गर्ने निर्णय गरेको अध्यक्ष बिष्णुकुमार देवकोटाले जानकारी दिए । त्यस्तै बैठकले स्वतन्त्र पत्रकार संघ प्रदेश समितिका पदाधिकारीहरु मार्फत कोभिड १९ का कारण समस्यामा परेका गुल्मी, अर्घाखाँची र दाङका पत्रकारहरुलाई राहत बितरण गरेको कार्यको सह्राहना गर्दै वितरण कार्यलाई सर्वसम्मतिले पारित गर्ने निर्णय समेत गरेको छ ।

बैठकले स्वतन्त्र पत्रकार संघ लुम्बिनी प्रदेश समितिको कार्यालय दाङमा स्थापना गर्ने भएको यसअघिको निर्णयलाई कार्यान्वयन गर्न दाङमा कार्यालय स्थापना गर्ने निर्णय गरेको हाे । त्यस्तै आउँदो माघको २३ र २४ गते दाङमा राष्ट्र व्यापी बृहत् सम्मेलन गर्ने निर्णय गर्दै स्वतन्त्र पत्रकार संघ केन्द्रीय समिति, प्रदेश समिति र प्रत्येक जिल्लाहरुबाट अध्यक्ष सहित ३ जना लाई अन्तरकृयामा सहभागी गराउने  निर्णय पारित गर्दै बैठकले केन्द्रीय समितिको समन्वयमा जिल्ला समिति पुनःगठन तथा विस्तार गर्नै रणनिती समेत तय गरेको छ ।

यस्तै बैठकले तयारी बैठक मंसीर २९ गते बुटवलमा गर्नै निर्णय गर्दै प्रेस ज्याकेटहरु तयारी गरी बितरण गर्नै कार्यवाहक अध्यक्ष ईश्वरीप्रसाद् पौडेललाई जिम्मेवारी तोकेको छ । बैठकले अर्घाखाँचीबाट विकाश पाण्डे, बुटबलबाट कृष्ण पौडेल र भुपेन्द्र पौडेललाई प्रदेश समितिको सल्लाहकारमा चयन गर्नै निर्णय गरेको छ । यस्तै बैठकले जीवन वली (दाङ), रोजक रोका (दाङ) र ईशा क्षेत्री (रुपन्देही) लाई प्रदेश समितिको कार्यसमिति सदस्यमा मनोनित गर्ने निर्णय समेत गरेको छ ।

बैठकले स्वतन्त्र पत्रकार संघ लुम्बिनी प्रदेश समितिका वरिष्ठ सदस्य समीर ढकालको मोटरसाईकल दुर्घटनाम परी घाईते हुनुभएकोमा ढकालको सिघ्रस्वास्थ्य लाभको कामना गर्ने निर्णय गरेको छ । यता बैठकले  बैठकले स्वतन्त्र पत्रकार संघका निवर्तमा केन्द्रिय कोषाध्यक्ष बिरेन्द्र पाण्डेको पुजनीय पिताजी स्व. मोहनीलाल पाण्डे, रुपन्देही जिल्ला अध्यक्ष अनिल पहाडीको पुजनीय पिताजी स्व.टेक बहादुर परीयार र सहोदर दाजु स्व. सन्तोष परियार, यस्तै नवलपरासीका जिल्ला अध्यक्ष प्रेम पराजुलीको ममतायी आमा स्व.देवीशरा पराजुलीको निधनमा शोक प्रस्ताव पारीत गर्नै निर्णय गरेको छ ।

उल्टो साईकल यात्रीलाई बिशेष सम्मान हुनेः

स्वतन्त्र पत्रकार संघको निवर्तमान केन्द्रीय कोषाध्यक्ष एवं किर्तिमानधारी मेची-महाकाली उल्टो साईकल यात्री बिरेन्द्र पाण्डेलाई बिशेष सम्मान गर्ने निर्णय गरेको छ । पाण्डेले स्वतन्त्र पत्रकार संघका नाममा मेची-महाकाली उल्टो साईकल यात्रा गरेका थिए ।

बैठकमा प्रदेश सल्लाहकारद्धय केशव परियार र पुष्कर केसीले मन्तव्य राखेका थिए । बैठककाे सहजीकरण संघका प्रदेश सचिव विन्दु घिमिरेले गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे