LISTEN LIVE RADIO

लमही–भालुवाङ सडक खण्डको दोलाइखोला छेउमा जन्ती बस पल्टिदा १० जना घाइते



सिसहनियाँ २० फागुन । दाङको देउखुरीमा जन्ती बस पल्टिदा चालक सहित १० जना घाइते भएका छन् ।

लमही–भालुवाङ सडक खण्डको राप्ती गाउँपालिका ५ सिसहनियाँ स्थित दोलाईखोला पुलको पश्चिम उत्तर सडक देखि करिव ३० मिटर तल खसेको छ । शनिवार दिउँसो पौने ५ बजेको समयमा धनगढी देखि स्याङजा जन्ती जाँदै गरेको ना ५ ख ९४११ नम्बरको बस पल्टिदा बसमा सवार १७ जना जन्ती मध्ये ९ जना जन्ती र १ जना चालक घाइते भएको इलाका प्रहरी कार्यालय सिसहनियाँले जानकारी दिएको छ ।

दुर्घटनामा परि घाइते हुनेहरुमा बस चालक कैलाली जिल्ला गोदाबरी नगरपालिका १२ निवासी २८ वर्षिय दिपक साउद, धनगढी उपमहानगरपालिका ५ निवासी ६१ वर्षिय रामबहादुर बम, वडा नम्बर १ निवासी ४५ वर्षिय रमा विडारी, वडा नम्बर ६ निवासी १४ वर्षिय सक्षम भट्ट, कञ्चनपुर जिल्ला कृष्णपुर नगरपालिका ४ निवासी ३८ वर्षिय रञ्जु भट्ट, सोही नगरपालिका वडा नम्बर ४ निवासी १४ वर्षिय रमण भट्ट, वडा नम्बर ४ कै ५० वर्षिय रामचन्द्र भट्ट, कैलाली जिल्ला गोदाबरी नगरपालिका १ निवासी १५ वर्षिय दिपा भट्ट, धनगढी उपमहानगरपालिका ५ निवासी ५१ वर्षिय बुद्धिसागर बिडारी र गौरीगंगा नगरपालिका १ निवासी २८ वर्षिय चम्पा विडारी रहेका छन् ।

घाइते मध्ये ६ जनालाई सामान्य र ४ जनालाई मध्यम चोट लागेको छ । घाइते सवैको सिसहनियाँ स्वास्थ्य चौकीमा सामान्य उपचार पछि थप उपचारका लागि धनगढी पठाइएको छ । बस तिव्र गतिमा रहेकोले अनियन्त्रित भएर पल्टिएको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे