LISTEN LIVE RADIO

स्ववियु निर्वाचन प्रक्रिया शुरू, ऐरावती आदर्श बहुमुखी क्याम्पसमा ७ संगठन दर्ता



भालुवाङ १९ फागुन । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन नजिकिए सँगै जिल्लाका क्याम्पसहरुको चहलपहल बढ्न थालेको छ । आगामी चैत ५ गते हुने निर्वाचनका लागि सबै विद्यार्थी संगठनहरूले आ–आफ्नो तयारी थालेका छन् ।

त्यसै गरि दाङको राप्ती गाउँपालिका– २ लालमटियामा रहेको ऐरावती आदर्श बहुमुखी क्यापसमा छुट्टाछुट्टै ७ संगठन दर्ता भएका छन् । स्ववियु चुनावका लागि निर्वाचन कार्यालयले ३ बजे सम्म विद्यार्थी संगठन दर्ता गर्ने समय तोकेको थियो । सोही अनुसार नेपाली कांग्रेस निकट भातृृ संगठन नेपाल विद्यार्र्थी संघले सुरुमा विद्यार्र्थी संघ दर्ता गरेको निर्वाचन अधिकृत आनन्दकुमार लामिछानेले जानकारी दिएका छन् ।

अनेरास्ववियु, अनेरास्ववियु छैठौँ, स्वतन्त्र विद्यार्थी समुह, अखिल क्रान्तिक्रारी (माओवादी केन्द्र), अखिल क्रान्तिक्रारी (बैद्य), अखिल क्रान्तिक्रारी (विप्लप) गरी ७ संगठन दर्ता भएका छन् । निर्वाचन कार्यतालिका अनुसार विद्यार्थी सङ्गठनले फागुन २७ गते बिहान ११ बजे देखि दिउँसो २ बजे सम्म समानुपातिक तथा प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता गराउनुपर्ने हुन्छ ।स्ववियु चुनावका लागि चैत ५ गते बिहान ८ बजे देखि अपराह्न ४ बजे सम्म मतदान समय तोकिएको छ । देशभरिका त्रिविका ६२ आङ्गिक र १ हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा निर्वाचन हुने छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे